प्रजातान्त्रिक योद्धा राईको सम्झनामा रक्तदान
ललितपुर : २००७ सालका प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। रामप्रसाद राई फाउण्डेशन नेपालको आयोजनामा फाल्गुण ७ गते शनिबार जननायक राईको सम्झनामा रक्तदान सम्पन्न भएको हो।
केन्द्रीय रक्तसंचार सेवा बालकुमारी ललितपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेका थिए। जननायक राईको सम्झनामा प्रत्येक वर्षको फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा फाउण्डेसनले रक्तदान कार्यक्रम आयोजना गर्दे आएको छ ।
प्रतिक्रिया दिनुहोस !