मधेस र राउत

मधेस र राउत

विखण्डनवादी सीके राउत अहिले न्यायिक हिरासतमा छन् । उनका समर्थकहरू केही सडकमा उत्रेका छन् भने केही राष्ट्रसंघ, मानव अधिकारवादी संगठन र दूतावासहरूमा नैतिक र भौतिक समर्थन जुटाउनमा लागेका छन् । घृणा र विद्वेष अनि कृत्रिम ‘नश्लवाद’ र आन्तरिक ‘उपनिवेशवाद’ को नाराका साथ विखण्डनको अभियानमा लागेकाहरूले यता आएर प्रहरीका हातहतियार पनि लुटेका छन् रूपन्देहीमा । अर्थात् राउतले दाबी गरेजस्तै शान्तिपूर्ण आन्दोलन हैन यो ।

यसैबीच उनका समर्थक तथा ‘लबिस्ट’ का रूपमा सक्रिय एकजना व्यक्तिको गैरसरकारी संस्थाद्वारा आयोजित कार्यक्रममा भारतका वर्तमान राजदूतसँगै गएका पूर्ववर्ती राजदूत शिवशंकर मुखर्जीले राउत गिरफ्तार भएको जनकपुर क्षेत्रमा गई उत्तेजना फैलाउने र आन्तरिक राजनीतिमा दखल पुग्ने खालका अभिव्यक्ति दिएका छन् । यो बैठकमा मुलुकका गृहमन्त्रीको उपस्थितिसमेत रहनु र उनले एकजना विदेशी कूटनीतिलाई ‘तपाईंको सरोकारको विषय हैन यो’ भन्न नसक्नुले सरकारको लाचारीसमेत प्रस्ट देखाउँछ । प्रधानमन्त्री र परराष्ट्रमन्त्री या मन्त्रालयले यी घटनाका बारेमा केकस्ता प्रतिक्रिया देलान्, हेर्न बाँकी छ ।

कार्यक्रममा मधेसमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति थियो । दुर्भाग्य संविधान निर्माणमा सहभागितामूलक प्रक्रिया नअपनाइएको र कांग्रेस, एमाले तथा माओवादी र केही हदसम्म मधेसकेन्द्रित नेताहरूले पनि क्षणिक सत्तालाई नै आफ्नो सफलता मानेकोले अहिले मधेसमा यो स्थिति उत्पन्न भएको हो । संघीयताको प्रकार र कार्यान्वयन विधि या त्यसको वैकल्पिक व्यवस्थाबारे जनचाहना नबुझी उग्र नारा बोकेका नेताहरूलाई नै खुसी पार्नमा विगत १० वर्ष बितेकोले सीके राउतजस्ता प्रवृत्तिहरू देखा परेका हुन् । सरकारले यसबारे राष्ट्रसंघदेखि अन्य दाता र भारत सरकारका तर्फबाट उनीहरूलाई प्रदान गरिएका प्रत्यक्ष या परोक्ष समर्थनप्रति आपत्ति जनाउनुका साथै मधेसका जनतासँग प्रत्यक्ष ‘डायलग’ मा जानु आवश्यक छ, स्थायी शान्ति र सन्तुलित तथा सम्मानपूर्ण शक्ति वितरणको लागि । मधेसका जनता र उनका भावनालाई मधेसकेन्द्रित दल या राउतले सम्बोधन गर्दैनन् ।

त्यस्ता ‘डायलग’ सँगै राउतका आर्थिक र भौतिक स्रोतका आपूर्तिकर्ताबारे छानबिन गरी उनलाई विखण्डन तथा घृणा अभियान फैलाएकोमा अदालतमा मुद्दा चलाउनु जरुरी छ भने मुलुकको सामाजिक सद्भाव तथा राजनीतिक मूलधारमा सबै भौगोलिक क्षेत्र र त्यहाँका वासिन्दालाई समेटी उनीहरूको समान हैसियत सुनिश्चित गरिनु पनि त्यत्तिकै आवश्यक छ । २०६३ यताको राजनीतिमा विदेशीहरूको बढ्दो प्रभुत्व र उग्र नारामा आधारित राजनीतिको स्वाभाविक प्रवृत्ति अहिले झेलिरहेको छ मुलुकले । त्यसलाई जनताले संगठित रूपमा पराजित गर्नु उनीहरूको राष्ट्रिय दायित्व हो । त्योसँगै ०६३ यताको नेतृत्वलाई उसको असफलताको जवाफदेहीता सुनिश्चित गर्नु पनि त्यत्तिकै आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.