सेटिङको राजनीति

सेटिङको राजनीति

एउटा प्रचलित उखानबाट यो आलेख सुुरु गरौं ‘नमच्चिने पिङको सय झट्का ।’ अर्थात् दसैंमा रमाइलो गर्न थापिएको पिङ नमच्चिएपछि वा मच्चाउने बल र कला नहुुँदा जति गर्दा पनि त्यो बल झट्कामा परिणत हुुन्छ, गतिमा बदलिँदैन । त्यस्तो झट्का मात्रले दुुई कुुरा देखाउँछ- मच्चाउने मान्छे पनि गल्छ, थाक्छ र पिङको आनन्द लिन पाउँदैन अनि पिङ पनि झट्का खाँदाखाँदा चुँडिन्छ र फुुस्किने डर हुुन्छ ।

devendra-sitaula_1

नेपालको राजनीतिको गति यस्तै छ अहिले, अहिलेमात्र होइन धेरै समयदेखि नै यस्तै छ । राष्ट्र दलदल र भासमा छ, पहिरोको जोखिममा पनि छ । द्वन्द्वपछिका द्वन्द्व र कहिल्यै नसकिने संक्रमणकालमा छ राष्ट्र । देशको चिन्ता लिएर आफ्नो जीवन र राजनीतिलाई जोखिममा पारेर पनि राष्ट्रलाई जोगाउँदै गति दिने र भरोसा गर्नयोग्य, पछि लाग्नयोग्य इच्छा शक्ति र सामथ्र्य भएको नेताको अनुुहार नदेखिँदा नेपाली जनता चिन्तित छन् । यस प्रकारको दशामा यसअघि राष्ट्र सायद यतिविघ्न फसेको थिएन । परिवारका आफ्नै सदस्यहरूले गति छाड्दा के गर्नसक्छ मान्छेले, ऊ लाचार हुुन्छ, शिथिल हुुन्छ, ओज र बलविहीन हुुन्छ । त्यस्तै हालतमा पुर्‍याएका छन् यी नेताहरूले नेपाली जनतालाई अहिले । निल्नुु न ओकल्नुुको हालतमा । घाँटीमा गाँस अड्किएको छ र पानी पिऊँ भन्दा पानीको सट्टा ढिक्का बरफ राखिदिएका छन् भाँडामा ।

धेरै अघिदेखि केही शब्दहरू खुुब प्रचलनमा छन्, प्रयोगमा छन् । तर माटो नभएको ढुुंगैढुुंगामा हलो नारेजस्तो छ यी शब्दहरूका प्रयोग, बाली लाउन पनि नसकिने, आशा भरोसा गर्न पनि नसकिने । ‘घनिभूत छलफल’, ‘हदैसम्मको लचकता’, ‘सहमतिको विकल्प छैन’, ‘शीर्ष नेताहरूको बैठक जारी’, ‘प्याकेजमा सहमति’ आदि इत्यादि । भन्नेहरूलाई लाज छैन तर सुुन्नेहरू लाजले भुुतुुक्क भइसकेका छन् । ‘प्याकेजमा सहमति’ भन्छन्, तर त्यो प्याकेज के हो भन्न सक्दैैनन् । प्याकेजभित्र के हुुन्छ ? प्याकेजभित्रको चिज, वस्तुु के हो ? ताजा कि सडेगलेको ? अर्थ यसमा छ । राजनीतिक शब्दजालले नेपाली आक्रान्त छन् । शब्द रटानले वाक्कदिक्क हुुँदा त्यसको अर्थ र मान्यता पनि सेलाउँदो रहेछ, हराउँदो रहेछ । देखिनेलाई भन्दा देख्नेलाई बढी लाज भइरहेछ ।

राष्ट्रले व्यावसायिक, दक्ष, इमानी र प्रतिबद्ध व्यक्तिहरू खोजेको छ । राष्ट्र मौन भएर खोजिरहेछ । तर, पार्टी र नेताहरू स्वार्थी र सेटिङ मिलाउनेहरू मात्र खोजिरहेछन् । 

अहिले एउटा शब्द खुुब प्रयोग छ- सेटिङ । सेटिङ भ्रष्टाचार र मनोमानी–स्वार्थी संस्कृतिको पर्याय नै बनेको छ । केन्द्रमा अस्थिरता, अपवित्र गठबन्धन, स्वार्थपरक गठबन्धन, गुुट–उपगुुटको बिगबिगी र स्थानीयस्तरमा दशकौं जनप्रतिनिधिविहीन अवस्थामा कारण सेटिङ खुुबै मौलाएको छ । सेटिङ संस्कृतिका कारण भ्रष्टाचारको दायरा झनै विस्तार भएको छ । भ्रष्टाचार सहभागितामूलक र हाकाहाकी भएको छ, सेटिङ संस्कृति मौलाएका कारण । भ्रष्टाचारका सहभागीहरू बढेको र स्थानीयस्तरमा सर्वदलीय मिलिभगतका कारण ‘तैं चुुप मै चुुपको’ सांस्कृतिक उत्थान हुुन पुुगेको छ । जंगलमा गैरकानुनी सिकार गरेर विलो बाँड्न पल्केकाहरूले ओठ बन्द गर्छन्, तैं चुुप मै चुुप । सबै बिटुुलिएका छन्, सबै सत्तापक्षका छन्, प्रतिपक्ष कोही छैन ।

सेटिङ र गुुन्डाराजले राजनीतिलाई यसरी पक्डिएको छ कि गोहीको मुुखबाट बबुुरा मृग निस्कन सक्ला तर इमान र निष्कलंक उम्कन पाउँदैन । अहिले चुुनावको कुुरा भइरहेछ, हेरौं यो सेटिङ संस्कृतिको ‘भेटिङ’मा कोको पर्लान् ? विकासमा सहभागिता होइन भ्रष्टाचार र सेटिङमा सहभागिता बढ्दै गएको छ । हाम्रो देशको जग गाउँ हो, गाउँलाई कमजोर बनाइएको छ । गाउँको आचरण, इमान र सदाचार बिग्रिएपछि राष्ट्र मक्किन्छ । राष्ट्रको आधारभूमि नभत्काई बाह्य र भित्री स्वार्थी तत्वहरूले आराम नलिने चाला देखिँदैछ । चुुनाव हुुनुु प्रजातन्त्रको अभ्यास हो, तर कस्तो चुुनाव ? कसले जित्ने र कसले हार्ने चुुनाव ? कसरी जित्ने र कसरी हार्ने हराउने चुुनाव ? पैसा र गुुण्डाले जित्ने कि इमान, निःस्वार्थ र निष्कलंले ?

राष्ट्र सेटिङ संस्कृतिको पूरै कब्जामा छ, देश अपहरणमा परेको छ सेटिङको । के आगामी चुुनावहरूले सेटिङको कब्जाबाट बाहिर ल्याउन सक्छन् ? कुुन योजनामार्फत ? राजनीतिले भागबन्डा, गठबन्धन र सर्वदलीय मिलिभगतका नाममा इमान र राष्ट्रहितलाई बिक्री गरिसकेका छन् । कसकसको कति हिम्मत र ताकत होला यो बिक्रीको धरौटी फिर्ता गरेर वा खेल जितेर इमान र राष्ट्रहितलाई मुुक्त गर्ने ? तर, सेटिङअन्तर्गत पैसा, गुुण्डाको हालीमुुहाली र इमानको जरो उखेल्ने व्यथा देखा परेन भने भनांैला, अब केही हुुनेवाला छ भनेर । केन्द्रको सेटिङको कथाव्यथा झनै भयानक हुुँदै गएको छ । सत्ता प्राप्तिको खेलमा, फकाउने र घुुक्र्याउने खेलमा पालैपालो मन्त्रालयहरू पार्टीका पेवा बनेका छन् ।

पार्टीले सेटिङ परिवर्तन गर्न कर्मचारीका सेट परिवर्तन गर्छन् । पार्टीको भागमा परेको मन्त्रालयको पूर्णाधिकार त्यही पार्टीलाई प्राप्त हुुन्छ । राष्ट्रका प्रमुुख कार्यकारी प्रधानमन्त्रीले त्यसमा दखल दिन र हलचल गर्न पाउँदैन । हेरौं यो सेटिङ भत्काउन अत्यधिक जनसहभागितामा बनेको संविधानले कस्तो औजार प्रयोग गर्ला ? जुुन मन्त्रालय जुुन पार्टीको भागमा पर्छ उसले सचिवदेखि तलसम्मका कर्मचारी रङ मिलाएर छान्छ- कालो, रातो, पहेँलो तर त्यहाँ सफा र सेतोचाहिँ चल्दैन; बर्जित छ, सेतो, स्वच्छ र सफा रङ । सेटिङले दक्षता, इमान र व्यावसायिकता भष्म बनायो, खरानी बनायो र यही खरानी हेरेर राजनीति गर्नेहरू मक्ख छन् । तैपनि लोकतन्त्र, विकास, शान्ति र समृद्धिका कुुरा गर्न छाड्दैनन् । चुुरे भावरका खोलानालाका गिटीबालुुवा बिनामूल्य रित्याउने खेलको प्रपञ्च पनि यही सेटिङ संस्कृतिको एउटा पर्व हो- निकासी खुुला पर्व । यो पर्व मनाउन तम्तयार हुुनेहरू मौका हेरेर बसिरहेका छन् ।

अहिले पुुँजीगत तथा विकास खर्च न्यून भएको अर्थात् खर्च हुुन नसकेको चर्चा छ । खिन्नता खर्च नभएकोमा छ तर अब चाँडै कसरी खर्च हुुन्छ भन्नेमा खासै चिन्ता छैन । अब आर्थिक वर्ष सकिने बेलामा एक महिनाभित्र चामत्कारिक रूपमा रेकर्ड ब्रेक गर्ने गरी खर्च हुुनेछ । सेटिङको चाँजोपाँजो मिलेपछि दिनेले दिनेछन्, लिनेले लिनेछन् । हरेक सालको पुँजीगत खर्च बजारको कथाव्यथा र चाडपर्व यसरी नै आउँछ ।

सेटिङ संस्कृतिले नेपालको प्रशासन संयन्त्रलाई निकम्मा, पंगुु र अनुुत्पादक बनाइदिएको छ । जे रोप्यो त्यही फल्ने हो । राज्य संयन्त्रका विभिन्न क्षेत्रहरूमा विषयगत ज्ञान, विवेक र इमान बिक्दैन, अनुुभव बिक्दैन, सेटिङका स्वार्थहरू मात्र बिक्छन् । विषयगत, क्षेत्रगत अनुुभव माथिदेखि नै चाहिँदैन । अर्थमन्त्री र अर्थ सचिव हुुन अर्थशास्त्रको ज्ञान आवश्यक छैन, कानुुन पढेकाले प्राविधिक मन्त्रालय चलाउँछन् र प्राविधिक विषय पढेकाहरूले आर्थिक, कानुनी र सुुरक्षा निकायहरू चलाउँछन् । संसारमा कहाँकहाँ यस्तो प्रवृत्ति, प्रविधि र पद्धति छ; त्यो पनि खोजी गर्नुुपर्ने अवस्था आयो । काम देखाएर प्रतिफल ल्याउनुु नपर्ने र जिम्मेवारी र जवाफदेहिता वहन गर्नुु नपर्ने भएपछि यस्तै हुुन्छ सेटिङका करामतहरू सर्वत्र देखिन्छन् ।

सेटिङ मौलाउँदै जाँदा अल्पमत, बहुुमतमाथि घोडसवार हुुन्छ । अस्थिरताको कारक–थ्रेसहोल्ड राख्ने नराख्ने र कति राख्ने भन्नेमा ‘मुुसा पार्टी’लाई सोध्नुु र तिनले थर्काउँदा थर्किनुु जरुरी छ ? यो देशमा अब कसैले बहुमत ल्याएर सरकार बनाउनुु भनेको सायद आकाश खस्नुुसरह होला । अल्पमत र अपवित्र गठबन्धनहरूले यहाँका स्थिरता, शान्ति र विकासका गतिलाई तितरबितर पारिरहेको छ र पारिरहनेछ । हेरौं ९० प्रतिशत बहुुमत र व्यापक जनसहभागितामा ल्याइएको संविधानको कार्यान्वयनले कुुनै चमत्कार गर्छ कि ।

पार्टीहरूभित्र सिद्धान्त, नीति, योजना र कार्यक्रमहरूका बहस हुुन छाडेका छन् । सञ्चार माध्यममार्फत समेत यी विषय रत्तिभर देखा परेका छैनन् । सत्ता प्राप्ति र टिकाउने खेलमा नै रन्थनिएको छ राजनीति । चुुनाव गराउने, तुुरुन्त गराउने वा अलि ढिलो गराउने, कुुन पहिला गराउने सबै कुुराहरू सत्ताको छिनाझपटीसँग जोडिएका छन्, सेटिङ छ यहाँ पनि । राष्ट्रले व्यावसायिक, दक्ष, इमानी र प्रतिबद्ध व्यक्तिहरू खोजेको छ । राष्ट्र मौन भएर खोजिरहेछ । तर, पार्टी र नेताहरू स्वार्थी र सेटिङ मिलाउनेहरूमात्र खोजिरहेछन् । हरेक नियुुक्ति, बढुुवा, सरुवा र जिम्मेवारीमा यो बोध हुुन्छ । यहाँ विरोधाभास छ राष्ट्र र राजनीति सञ्चालक बीच । वास्तवमा उत्पादक नीति र कानुुनको निर्माण गर्न तिनको कार्यान्वयन गर्न, नियमन गर्न, मूल्यांकन गर्न, पृष्ठपोषण गर्न र परिवर्तन गर्न व्यावसायिकता, दक्षता, निष्पक्षता, इमानदारतिा चाहिन्छ । सेटिङ संस्कृति यसको विपरीत गुुणको प्रवृत्ति हो । अब भनौं, यो देशमा शान्ति र समृद्धि यही परिवेश संस्कृति र प्रवृत्तिबीच कसरी सम्भव छ ?

हिजोका दिनमा एक ऊर्जामन्त्रीले सेटिङ संस्कृतिअन्तर्गत एउटा हाइड्रोपावर कम्पनीको प्रबन्धकबाट हटाइएका कुुलमानमा कति व्यावसायिक दक्षता र इमान रहेछ, त्यो उनले देखाए । एउटा उदाहरण हो यो । तर भन्न सकिन्न सेटिङको बिगबिगीमा कुुनै कुुख्यात मन्त्री पदासीन भएर ती कुुलमानलाई रातारात नहटाउलान् । नदेखिएका अन्य कुुलमानहरू विगतमा त्यसरी नहटाइएका भए यो राष्ट्र आज निकै बलवान् हुुने थियो, नेपाली जनताका पेटमा सन्तुुलित खाना र जीउमा न्याना नाना हुुने थिए । सेटिङ संस्कृतिको अर्को विकराल र भयावह रूप चुुरेको गिटी बालुुवा उत्खनन र निकासीमा देखिन खोज्दैछ । जताबाट भए पनि सेटिङ मिलाएर बहानाबाजी खोज्दै निकासी खुुलाउन भूमिगत सुुरुङ मार्ग खन्न तम्तयार देखिँदैछन् स्वार्थीहरू । सेटिङ संस्कृतिअन्तर्गत राष्ट्रघातको यो पनि एउटा चरम नमुुना हो र खुुट्टाको घाउमा पुुर्ने मासुु खोज्ने बहानामा घाँटीको मासुु काट्न खोज्दैछन् । हेरौं ! जनताबाट चुुनिएका प्रतिनिधिहरूले के गर्लान् ?

अब अन्तिममा एउटा प्रश्न पनि गरौं-जताततै भ्रष्टाचार, सेटिङ, बेइमानी भएर पार्टी र नेताहरू असफल देखिएका हुुन् कि तिनको अकर्मण्यता र असक्षमताका कारण ती नकारात्मक प्रवृत्ति हावी भएका हुुन् ? विगत र वर्तमानलाई राम्ररी केलाउँदा अकर्मण्यता र बेइमानीकै कारण नकारात्मक प्रवृत्तिको गुुणात्मक वृद्धि भइरहेछ । ज्ञान विवेक, दूरदृष्टि दृढता नहुुँदा स्वार्थ र सेटिङ मौलाएको छ । यो यथार्थ हो कि होइन ? पंक्तिकारलाई धेरै भन्नुु केही छैन; सबैले बुुझ्ने, मनन गर्ने र सकेसम्म क्रियाशील हुुने बेला बित्दै गएको छ । यसमा बढी गन्थन भए पनि केही अंश चिन्तन र मन्थनसमेत अवश्य देखिएला भन्ने आशा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.