गान्धी दर्शन, आदर्श र नेपाल

गान्धी दर्शन, आदर्श र नेपाल

जो क्षमा कर सके वो इन्सान हैं ।
जो वद्लाव भाव रखे वो शैतान हैं ।’
उद्धृत पंक्ति अहिंसाका पुजारी महात्मा गान्धीको मानवतावादी सोच हो । यो पंक्ति हिन्दी गीतमा समेत समावेश गरेर गाइएको छ । कुनै विभेदबिना नै पूर्वीयजत्तिकै पश्चिमा दर्शनमा पनि गान्धीको अध्ययन थियो । सबै दर्शनको सार अहिंसा, सत्य, शान्ति र प्रेम नै हो भन्ने उनको निचोड थियो । तिरस्कार कसैलाई पनि गरिनु हुँदैन भन्ने गान्धीको मान्यता रह्यो । त्यसलाई व्यवहारमा उतारेर उनले देखाए । त्यसैले उनी सत्य, प्रेम र करुणाका प्रतिमूर्ति बने ।

sanjay-panthi

गान्धीको आदर्श र अहिंसाको दर्शनलाई संयुक्त राष्ट्रसंघले समेत स्वीकार गर्दै सन् २००७ बाट उनको जन्मतिथि अक्टोबर २ लाई अहिंसा दिवसका रूपमा मनाइँदै आएको छ । गान्धीले जीवनको उत्तराद्र्धमा ‘ईश्वर परायणताका खातिर मैले आफैंलाई संयम राखेर ४० वर्षदेखि कसैप्रति द्वेष राख्ने गरेको छैन । विनम्रताले मात्र त्यो गुण आर्जित हुन्छ’ भनेका छन् ।गान्धीको धर्म निरपेक्षवादी थिए । तर पनि उनी धर्मका पक्षपाती रहे । उनले बहकावमा लागेर जन्मसिद्ध धर्म परिवर्तन गरेनन् । बरु कर्मलाई धर्ममा रूपान्तरण गरे र त्यसको पालना गरिरहे ।

गान्धीको धर्मको परिभाषामा ज्ञान, बुद्धि, विवेक, सत्य, प्रेम, करुणा, सुख र शान्ति थिए । धर्मको बलमा प्राप्त हुने शक्तिलाई उनी विश्वास गर्थे । त्यही शक्तिको बलमा उनी अहिंसात्मक आन्दोलनका प्रणेतासमेत बने । उनले सबै मानव धर्मलाई समान हैसियतको व्यवहार गर्थे । उनको नित्य प्रार्थनामा सर्वधर्मे समानत्व भन्ने भजन गुञ्जिन्थ्यो । साथै गान्धीको धर्ममा विनम्रता र क्षमा अद्वितीय गुण थियो । सन् १९३० को दाण्डी मार्चमा २ नेपालीसहित ७९ सत्याग्राही सहभागी थिए । तीमध्ये एक महावीर गिरी र अर्का खड्गवीर गिरी थिए ।

खड्ग अपराधकर्म गरेर जेलसजाय भोगेका नेपाली युवक थिए । उनलाई गान्धीले अन्तिम समयमा दुई सत्याग्राही थप गर्दा सहभागी बनाएका थिए । उनलाई सहभागी बनाउने वा नबनाउने भन्ने विषयमा साबरमती आ श्रममा विवाद भइरहँदा गान्धीसामु गिरीले आफूले गरेको अपराधकर्म स्वीकार्दै प्रायश्चित्त गरे । साथै आगामी दिनमा त्यस्तो कर्म नगर्ने प्रतिबद्धता जनाएपछि गान्धीले उनलाई क्षमा दिँदै उक्त महान् यात्रामा सहभागी बनाएको इतिहास छ । जुन यात्राको सफलतासँगै भारतमा स्वतन्त्रता सुनिश्चित छ भन्ने आत्मविश्वासको सञ्चार भएको थियो ।

नेपाल आफैंमा गौरवान्वित देश हो । यसको आफ्नै स्वाभिमान छ, आफ्नै इतिहास छ । उपनिवेशबिनाको अटल स्वतन्त्र पहिचान छ । नेपालको मौलिकताको जगमा धर्म, भाषा र संस्कृतिको विरासत छ । त्यसैले नेपालले आफ्नै मौलिक शासनव्यवस्था र विकासमा जोड दिन आवश्यक छ ।

उनी भन्ने गर्थे तर जहाँ दुष्कर्म हुन्छ त्यसलाई मैले धिक्कार गर्ने गरेको छु । साथै त्यस्ता दुर्जनलाई घृणा पनि गर्ने गरेको छु । अंग्रेज वर्ग जसले भारतमा जबर्जस्ती शासन गरिरहेको छ, उनीहरूका लागि म द्वेषी छु । भारतवासीलाई निर्दयतापूर्वक शोषण गर्ने उनीहरूको नीतिलाई म हृदयबाट धिक्कार गर्छु । साथै हिन्दु वर्ण व्यवस्थामा आफूलाई उच्च जात बताउँदै छुवाछूतको व्यवहार गर्नेहरूलाई पनि म धिक्कार गर्छु । अबुझपनले अरूलाई दुःख निम्त्याउनेहरूलाई मैले आफ्ना तर्फबाट हरसम्भव सुधारको प्रयत्न गर्नु मेरो धर्म हो ।

अहिंसाका पुजारी महात्मा गान्धीको राजनीतिक, आर्थिक, सामाजिक र विकासका बारेमा आफ्नै योजना र सपना थियो । भारतले त्यो सोच सपनालाई कति अपनाउन सक्यो वा सकेन भन्ने विषय आफैमा अध्ययनको विषय छ । जुन तथ्य बुझ्न ‘माई ड्रिम इन्डिया वा मेरा सपनोका भारत’ भन्ने पुस्तक पढे केही मात्रामा प्रस्ट हुनेछ ।

भारत आज आर्थिक रूपमा जति समृद्ध छ, त्यति नै चुनौतीको सामनारत छ । त्यो चुनौती भनेको धनी र गरिबबीचको बढ्दो अन्तर हो । असमान अवसर हो । प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन हो । समृद्ध हुन यन्त्रको बढ्दो उपयोग हो । सीमित व्यक्तिमा पुजीको संग्रह हो । त्यही तथ्यलाई मनन गरेर वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले एक हजार र पाँच सय रुपैयाँका नोटमा बन्देज लगाउनु पर्‍यो । त्यसो त एक हजार दरका नोटमा गुजरातबाटै प्रधानमन्त्री बनेका मोरारजी देसाईले पनि बन्देज लगाएको इतिहास छ । नोटबन्दीको सकारात्मक र नकारात्मक प्रभावको पाटो आफ्नै स्थानमा छ ।

गान्धीले सन् १९२० मा स्थापना गरेको विश्वविद्यालय (गुजरात विद्यापीठ, अहमदाबाद)का गान्धी दर्शन विभागका प्रा.डा. पे्रमानन्द मि श्र भन्छन्, भारत जति समृद्ध छ, त्यति नै गरिबीको समस्याले ग्रसित पनि छ । ५० करोडभन्दा धेरै मानिस दैनिक एक सय रुपैयाँभन्दा कमको आम्दानीमा बाँच्नु परिहेको अवस्था छ । यस्ता विकराल समस्याका तथ्यांक धेरै छन् । तर, आज भारत विश्वकीर्तिमान बनाउने होडमा जनताको गाँस काटेर आणविक भट्टी र भूउग्रह बनाउने होडमा छ; जुन कुरा गान्धीको आदर्शसँग मेल खाँदैन ।

समस्याको तथ्यांक खोजेर अल्मलिनुभन्दा रचनात्मक कर्ममा जीवनलाई उपयोग गर्दै शान्तिको मार्गमा समाजलाई प्रेरित गर्नसक्नु गान्धीका अनुयायीको सतत् कर्तव्य हुनेछ । भारतमा दैनिक करिब २५ भन्दा धेरैले आत्महत्या गर्ने गरेका छन् । ती सबैको कारण धनी र गरिबबीचको बढ्दो अन्तर नै हो । विकास र समृद्धिको चमकसँगै भारतमा चुनौती र समस्याको जँघार पनि त्यत्तिकै छ ।

उद्योग र यन्त्रको प्रयोगले भारत आज छिमेकी देशको तुलनामा समृद्ध देखिन्छ । तर, त्यसभित्र जटिल र चुनौतीको शिखर छ । धनी र गरिबबीचको अन्तर र विभेद ठूलो छ । यन्त्र र मानवीयताबिनाको विकासले समाजमा हिंसाको पक्षपोषण गर्छ भन्ने कुरा त्यति बेलै गान्धीले भनेका थिए । जुन भविष्यवाणी आजको भारतमा स्वप्नदृष्टि जत्तिकै साबित भएको छ । नेपालको भविष्यका बारेमा मूर्धन्य गान्धीवादी स्व. नेता नारायणभाइ देसाईले २०७० फागुनमा नेपालमा गान्धी कथा वाचन गर्न आउँदा ‘नेपालसँग अद्वितीय साहस र प्राकृतिक स्रोतको भण्डार छ । त्यसलाई दोहन नगरी उपयोग गरेर विकास गरियो भने नेपाल छिटै समृद्ध देश बन्नसक्छ’ भनेका थिए ।

उनले डेनमार्क र नर्वेको उदाहरण प्रस्तुत गर्दै दोस्रो विश्वयुद्धमा जर्मनीले अस्त्र शक्तिका बलमा छिमेकी देशका सिमाना भत्काइरहँदा डेनमार्क र नर्वेले उसलाई ठेगान लगाइदिएको स्मरणसमेत सुनाएका थिए । त्यसको कारण थियो— आर्थिक सबलीकरण र विकेन्द्रित सुशासनयुक्त शासनव्यवस्था । ती देशको सिमानामा पुग्दा राज्यको सेनाले नभएर स्थानीय नागरिकले जर्मन सेनाको प्रतिकार गरेका थिए । राज्यका लागि नागरिक शक्ति हुन् न कि शस्त्रले सुसज्जित सेना । शस्त्रले सुसज्जित सेना हिंसामा विश्वास गर्नेका लागि ढाल हुन सक्छन् तर राज्यका लागि दिगो शक्ति हुन सक्दैन । उनको अनुभवसहितको भनाइ थियो । बंगलादेशको स्वतन्त्रताका लागि शान्ति सेनाको मार्च पास गरेका देसाई भारतको भुदान यज्ञका सारथि विनोवा भावेका विश्वासपात्र थिए । गान्धीको जीवनमा अन्तिम आठ वर्ष सचिवालयमा काम गरेका देसाईको अनुभवमा गान्धी युगकै नेता हुन् भन्ने तर्कसहितको दाबी रह्यो ।

गान्धीद्वारा हिटलरलाई पे्रषित पत्रका टाइपराइटरसमेत रहेका देसाई शस्त्रको शक्तिमा विश्वास गर्ने जर्मन शासक हिटलर हिंसाको आडमा दम्भले गर्दा पतन भएको बताउँथे । गान्धीले सन् १९४२ मा हिटलरलाई हिंसाको मार्ग त्यागेर अहिंसाको मार्ग अपनाउन आग्रह गर्दै पत्र लेखेका थिए । अहिंसामा विश्वास गर्ने गान्धी संसारका लागि परन्तु नभएर पुज्य रहिरहनेछन् भन्ने देसाईको गान्धी कथाको सन्देश थियो ।

नागरिक र सेनाको सम्बन्ध नङ र मासुको जस्तो हुन सक्यो भने दुनियाँमा कसैको गुलाम हुनु पर्दैन भन्ने देसाईको आत्मविश्वासी तर्क थियो । देसाई ०७० साल फागुनमा आफ्नो ११६औं गान्धी कथा नेपालमा वाचन गर्न आएका बखत तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई बालुवाटारको भेटमा ‘नेपालले गान्धीको अहिंसाको आदर्श र विचारलाई आत्मसात् गर्न सक्यो भने शस्त्र शक्तिले सुसज्जित दुई महाशक्ति देशका बीचमा रहेर पनि नेपालले नैतिक बल आर्जन गर्न सक्नेछ । त्यसलाई ध्यान दिनुहोला’ भनेका थिए । उक्त प्रसंगको साक्षी वर्तमान सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि छन् ।

‘यन्त्रको प्रयोग मानव परि श्रमको विकल्प हुन सक्दैन । भारतको भविष्य पश्चिमा शैलीको रक्तरञ्जित पथमार्ग हुँदैहैेन, जुन मार्गको यात्रामा स्वयं पश्चिम थाकिसकेको छ । त्यो मार्ग भारतले अपनाउन आवश्यक छैन । भागवान्ले हिन्दुस्तानलाई मात्र नभएर सम्पूर्ण विश्वलाई यन्त्रीकरणबाट बचाउन सकोस् । यन्त्रीकरणले मुट्ठीभर मानिसलाई मात्र आर्थिक रूपमा सम्पन्न र परिचालनको अधिकार प्रदान गर्छ । बहुसंख्यकलाई त्यो अधिकारबाट वञ्चित गरिरहेको हुन्छ’, गान्धीले भनेका छन् । भारत आज आफ्नो आत्माको खोजीमा छ । त्यो आत्माको प्राप्तिबिना भारतवासी मर्नेछैनन् ।बाहिरबाट देखिएको भारतको आवरणलाई यति बेला नेपालले हुबहु नक्कल नगरोस् भन्ने कामना भारतका गान्धीवादीको छ ।

बेलायती शासक भारत छाडेर गएको ६९ वर्ष भए पनि उनीहरूले चलाएको हुकुमत शैली अहिले पनि भारतमा कायम छ । त्यो शैलीलाई नेपालले परिवर्तित संरचनाको सँघारमा अनुसरण गरेर त्यस्तो गल्ती नगरोस् भन्ने उनीहरूको सुझाव छ । नेपाल आफैंमा गौरवान्वित देश हो । यसको आफ्नै स्वाभिमान छ, आफ्नै इतिहास छ । उपनिवेशबिनाको अटल स्वतन्त्र पहिचान छ । नेपालको मौलिकताको जगमा धर्म, भाषा र संस्कृतिको विरासत छ । त्यसैले नेपालले आफ्नै मौलिक शासनव्यवस्था र विकासमा जोड दिन आवश्यक छ । ती मूल्य र मान्यतालाई समयानुकूल जर्गर्ना गर्दैै अघि बढ्न सक्यो भने नेपालको समृद्धि कल्पनामा सीमित हुनुपर्ने छैन, भारतका गान्धीवादीको सुझाव छ ।

(लेखक अहिंसा र गान्धी विचारका विद्यार्थी हुन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.