पोखरामा बर्ड फ्लु भेटियो

पोखरामा बर्ड फ्लु भेटियो

पोखरा : एक परिवारले पालेको हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमण काल घोषणा गरिएको छ । पोखरा-१८ खाल्टेमसिनाकी मीना परियारको घरका कुखुरा र हाँस बर्डफ्लुले मरेको पुष्टि भएपछि संक्रमण काल घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) संयोजकत्वको बर्डफ्लु समन्वय समितिले खाल्टेमसिना वरपर पशुपन्छी ओसारपसार लगायत गतिविधिमा रोक लगाउने निर्णय शनिबार गरेको छ । फागुन ६ गते मीनाको घरका कुखुरा र हाँस मरेपछि परीक्षणका लागि पशुरोग अन्वेषण प्रयोगशाला काठमाडौंमा जाँचिएको थियो । उक्त जाँचबाट एचफाइभएनवान जीवाणु पुष्टि गरेको थियो । परियारले पालेका २० मध्ये १७ वटा हाँस र ८ वटा कुखुरा मरिसकेका छन् ।

‘संक्रमणकाल घोषित क्षेत्रमा अब ४२ दिनसम्म हाँसकुखरा लगायत पन्छी पाल्न पाइन्न’, जिल्ला पशु सेवा कार्यालयका सूचना अधिकारी ठगेन्द्र अर्यालले भने, ‘आजदेखि वरपरका खोर पनि सफा गर्छा ।’ संक्रमित क्षेत्रका मानिसमा पनि समस्या हुन सक्ने भएको हुँदा जाँच गरिनुपर्ने चिकित्सकहरु बताउँछन् । ३ सय जति मानिसमा संक्रमणमा पर्न सक्ने अनुमान चिकित्सकको छ । बर्डफ्लुको भाइरस २३ डिग्री सेल्सियस तापक्रममा मर्छ । कुखुराको खोरमा काम गर्ने र मासु काट्ने व्यक्तिले मास्क लगाउने, पञ्जा लगाएर काम गर्ने गर्नुपर्छ ।

संक्रमणकाल घोषित क्षेत्रमा निर्मलीकरणका लागि काठमाडौंदेखि डा. अवधेश झा नेतृत्व टोली आइसकेको जानकारी पनि उनले दिए । वरपरका खोर सफाइदेखि पन्छी नष्ट गर्न टोली खटिनेछ । शनिबारै सयौं कुखुरा र हाँस मारिएको छ । स्थानीयले फ्रेस हाउसबाट मासु उठाइएको र हाँस कुखुरा पनि मारिएको तर क्षतिपूर्ति नदिइएको भन्दै गुनासो पनि गरेका छन् ।

परियारका पति नगरपालिकाको सवारीका चालक रहेको र उनले विभिन्न फर्मबाट कुखुराका भुत्ला संकलन गर्दै आएको हुँदै तिनै भुत्लाबाट बर्डफ्लुका जीवाणु फैलिएको आशंका गरिएको छ । पोखराको अन्य ठाउँमा पनि बर्डफ्लु हुन सक्ने भए पनि यकिन गर्न नसकिएको पशु चिकित्सक डा. केदार पाण्डेले बताए । खाल्टे मसिनामा बर्डफ्लु देखिएको मीना परियारको घर नजिकै अरु व्यावसायिक फर्महरु पनि थिए । तर तिनका कुखुरा केही दिनअघि नै निकालिसकेको छ । बर्डफ्लु पुष्टि हुनुअगावै ती फर्मका कुखुरा बिक्री भइसकेका छन् ।

बर्डफ्लु देखिएलगत्तै पोखरामा कुखुरा मासुको भाउ ओरालो लागेको छ । ४ सय रुपैयाँ किलोको मासुको भाउ ३ सय ५० मा ओर्लिएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.