अनलाइन पत्रकार संघको अध्यक्षमा सत्याल निर्वाचित
काठमाडौंः अनलाइन पत्रकार संघको अध्यक्षमा ‘क्लिकमान्डु डट कम’का सम्पादक शिव सत्याल विजयी भएका छन्।
शनिबार साँझ भएको संघको पाँचौ अधिवेशनबाट अनलाइनखबर डटकमका सम्पादक अरुण बराललाई पराजित गर्दै सत्याल अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा विजयी सत्यालले ६२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी बरालले २४ मतमात्रै पाए।
यस्तै संघको उपाध्यक्षमा सेतोपाटी डटकमका चन्द्र काफ्ले, सचिवमा कपन अनलाइनका केशव पाठक र कोषाध्यक्ष सहकारी डटकमका डिल्ली सापकोटा निर्विरोध निर्वाचित भए।
यसैगरी केन्द्रीय पार्षदमा केपी ढुंगाना, पुष्प दुलाल, अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी, माधव चौलागाईं, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत निर्वाचित भएका छन्। महिलातर्फबाट भने सावित्रा घिमिरे र अम्बिका दाहाल केन्द्रीय पार्षदमा निर्विरोध निर्वाचित भए।
प्रतिक्रिया दिनुहोस !