मुग्लीन-नारायणगढ सडकमा सकस (फोटोफिचर)
चितवनः राजधानी काठमाडौंलाई तराईसँग जोड्ने मुख्य बाटोमा पर्ने नारायणगढ मुग्लिन सडकखण्डको यात्रा कष्टकर बन्दै गएको दुई वर्ष भयो । दैनिक दुई हजारभन्दा बढी सवारी साधन गुड्ने यो सडकमा अहिले बुङ्बुङ्ती धुलोभित्र निसास्सिएर यात्रा गर्नुपर्छ ।
सडक किनारमा राखिएका बालुवा, गिटी, सिमेन्ट लगायतका निर्माण सामग्री धुलो उत्पादन गर्ने कारखाना बनेका छन् । निर्माण सामग्री बोकेर सडकमा ओहोर दोहोर गर्ने एक्साभेटर, ब्रेकर, लोडर, ग्रेडर, रोडरोलर र ट्रिपरले धुलोको धुनीमा तेल थप्छन् ।
सवारी चालकदेखि यात्रुसम्म सबैले धुलो र कष्ट सहँदै धुलेबाटोमा यात्रा गर्नुपर्ने बाध्यता छ । यो अवस्था आगामी वर्षसम्म कायमै रहने देखिन्छ । नारायणगढदेखि मुग्लिनसम्मको ३६ किलोमिटर सडकमध्ये आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलाई चौडा बनाउने काम सुरु गरेपछि मुग्लिनको बाटोमा यात्रा कष्टकर बन्दै गएको हो ।


प्रतिक्रिया दिनुहोस !