ट्रम्पको आक्रामक नीतिप्रति चीन डरायो : सैन्य खर्च वृद्धि
एजेन्सीः'साउथ चाइना सी' मा अमेरिका र चीनबीच विवाद बढी रहेका बेलामा चीनले आफ्ना नौ सैनिक माथिको खर्च बढाएको छ । यसलाई अन्तराष्ट्रिय सञ्चार माध्यामले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रमक नीतिबाट चीन सशंकित भएको उल्लेख गरेका छन् ।
ताइवान र दक्षिण पूर्वी चीन सागरको विवादकाे विषयलाई लिएर ट्रम्पको अडान बारे जानकार चीनले आफूलाई तयारी हालतमा राख्न कुनै कसर बाँकी नराख्ने तर्फ ध्यान दिएको छ । चीनले अमेरिकी नौसेना भन्दा कुनै हालतमा आफू कम नभएको सावित गर्ने योजना बनाएको छ ।
चीनले आफ्नो सैन्य क्षमतालाई मजबुद गर्ने कार्य भर्खरै शुरु गरेको भने होइन । पछिल्ला केही बर्षदेखि चीन निरन्तर आफ्नो सैन्य क्षमता वृद्धि गर्न र सेनाको आधुनिकीकरण गर्न लागि परेको छ । आर्थिक वृद्धिमा निरन्तर फड्को मारिरहेको चीन सैन्य क्षमतामा पनि आफूलाई अब्बल सावित गर्ने तयारीमा लागेको छ ।