संकटा सेमिफाइनलमा 

संकटा सेमिफाइनलमा 

बुटवलः विभागीय टोली एपीएफ क्लबका गोलरक्षक राजु नगरकोटीको कमजोरीको फाइदा उठाउँदै सीएमजी संकटा क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले सोमबार भएको खेलमा एपीएफ क्लबलाई २-१ गोलले हरायो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको खेलमा थप गरिएको समय सकिन पाँच मिनेट बाँकी रहँदा संकटाका विदेशी खेलाडी कोन मौसाले निर्णायक गोल गरेका थिए ।

सेमिफाइनलमा संकटाले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटाका मौसाले एक सय पाँचौं मिनेटमा एपीएफका गोलरक्षकको हातबाट फुत्किएको बललाई पोस्टको दिशा दिएका थिए । खेलको पहिलो हाफको अधिकांश समय बललाई नियन्त्रणमा लिएको एपीएफका आधा दर्जन प्रहार खेर फालेको थियो । नवीन लामा, रवि थिङको प्रहारलाई संकटाका गोल रक्षक विनय श्रेष्ठले असफल बनाए । दोस्रो हाफपछि लयमा फर्किएको संकटाले ४८औं मिनेटमा १-० को अग्रता बनाएको थियो ।

संकटाका लागि मार्टिनले गोल गरे । उनले सलिन थापाको पासमा गोल गरेका थिए । एपीएफका रवि थिङले ६९औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । दोस्रो हाफपछि मैदान छिरेका सन्तोष श्रेष्ठको क्रसमा रविले गोल गरेका हुन् । ७५औं मिनेटमा संकटाका मार्टिनले गरेको प्रहार पनि पोस्ट माथिबाट बाहिरिएको थियो । संकटाका कोन मौसा म्यान अफ दी म्याच बने ।

प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ र उपविजेताले तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.