सप्तरी घटनाको विरोधमा जनकपुर बन्द
जनकपुरधामः सप्तरीमा प्रहरीको गोली लागेर मधेसी मोर्चाका तीन जना कार्यकर्ताको मृत्यु भएको विरोधमा जनकपुरमा आमहड्ताल घोषणा गरिएको छ।
मोर्चाका नेता कार्यकताहरुले मंगलबार विहानैदेखि चोकचोकमा वर्तमान सरकार र नेकपा एमालेको विरोधमा नाराबाजी गरिरहेका छन्। राजमार्गको पिडारी चोकमा सवारी साधनहरु तेर्साएर सडक अवरुद्ध गरिएको छ।
मोर्चाको बन्दका कारण यातायात, बजार, शैक्षिक संस्थान सबै बन्द छन्। मोर्चाले एमालेको धनुषामा हुने २५ गतेको कार्यक्रमलाई लक्षित गर्दै बुधबार जिल्लामा आमहड्तालको घोषणा गरेको थियो।
तर, सप्तरीमा सोमबार प्रहरीको गोली लागेर मधेसी मोर्चाका तीन जना कार्यकर्ताको मृत्यु भएपछि भएको मंगलबार आमहड्तालको आह्वान गरिएको हो।