नेपाल पर्वातारोहण संघको भवन शिलान्यास
काठमाडौँ: नेपाल पर्वातारोहण संघ(एनएमए)ले आफ्नो भवनको सोमबार शिलान्यास गरेको छ । १६ करोडको लागतमा काठमाडौंको नक्सालमा निर्माण गर्न लागिएको सुविधा सम्पन्न भवनमा संग्रहालय समेत रहने छ ।
हिम चितुवा, आङरीता शेर्पा र सगरमाथा आरोही संघ अध्यक्ष माया शेर्पा लगायत कीर्तिमानी आरोहीेहरुले संघको भवनको संयुक्त रुपमा शिलान्यास गरेको गरेका हुन् । १४ आना जग्गामा बन्न लागेको भूकम्प प्रतिरोधी भवनमा हिमाल आरोहण अवस्थाको संकेत देखिने गरी संग्राहलय समेत निर्माण गर्ने एनएमएका प्रशासकीय अधिकृत जीनेस सिन्दुलाकारले जानकारी दिए ।
भवनमा नेपाल पर्वतारोहण संघका लागि चाहिने अफिसियल कोठाहरुसहित सेमिनार हल र संग्रहालय रहने उनले बताए । सरकारले ६ हजार भन्दा कम उचाइको २७ वटा पिकको आरोहण रोयल्टी संकलन गर्ने जिम्मा संघलाई दिएको छ । पर्वातारोहोरी र पर्वातारोहणसँग संलग्नहरुको सहभागितामा सञ्चालन हुदै आएको संघको भवन आवद्ध विश्वमा ८६ राष्ट्रका अल्पाईन कलबसँग सम्बन्ध रहेको जनायो ।