खुलामञ्चमा मन्त्री र सांसदको निःशुल्क मृगौला जाँच

खुलामञ्चमा मन्त्री र सांसदको निःशुल्क मृगौला जाँच

भक्तपुर : भक्तपुरको् दूधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्रले मन्त्री तथा सांसदहरुको निःशुल्क मृगौला जाँच्ने भएको छ।

विश्व मृगौला दिवसको अवसरमा केन्द्रले बिहीबार काठमाडौंको टुँडिखेलमा मन्त्री तथा साँसदहरुसँगै सर्वसाधारणहरुको निःशुल्क मृगौला परीक्षण गर्न लागेको हो।

उक्त दिन मृगौलासँगै मुटु र कलेजोका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण हुने केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।

उनले उक्त स्वास्थ्य शिविरमा सहभागी हुन सबै मन्त्री तथा सांसदहरुलाई निमन्त्रणा गरिसकिएको बताए।

‘हामीले सबै मन्त्री र सांसदहरुलाई आफ्नो मृगौला, मुटु र कलेजो निःशुल्क जाँच गर्न निम्तो गरेका छौं’, कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘मन्त्री र सांसदहरुसँगै सर्वसाधारणको पनि निःशुल्क परीक्षण गर्छौं।’

स्वास्थ्य परीक्षणमा सहभागी मन्त्री र सांसदहरुलाई मृत्युपछिको अंगदान गर्नेबारे प्रतिबद्धतासमेत जनाउन लगाइने उनले सुनाए।

एउटा मानिसको मृत्युपछि गरिने अंग दानबाट करिब आठ जनाले पुनर्जीवन पाउँछन्। एउटा व्यक्तिबाट दुइटा मृगौला, एउटा कलेजो, एउटा प्यान्क्रियाज, दुइटा आँखाको नानी, एउटा मुटुलगायत निकाले अन्य आवश्यक पर्नेलाई प्रत्यारोपण गर्न सकिन्छ।

कार्यकारी निर्देशक डा. श्रेष्ठले स्वास्थ्य परीक्षण गराउन बिहान ९ देखि ११ बजेभित्र आफ्नो नाम दर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
केन्द्रमा मंगलबार पत्रकार सम्मेलन गरी केन्द्रले जानकारी दिएअनुसार विश्व मृगौला दिवसको दिन बिहीबार बिहान काठमाडौंको बसन्तपुरबाट र्‍यालीसमेत हुनेछ। उक्त र्‍याली टुँडिखेल पुगेर निःशुल्क स्वास्थ्य शिविरमा परिणत हुने अस्पतालकी मृगौलारोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले जानकारी दिइन्।

‘टुँडिखेलमा निःशुल्क स्वास्थ्य परीक्षण सँगसँगै अन्तरक्रिया र प्रत्यक्ष सांगीतिक कार्यक्रम हुनेछ’, उनले भनिन्, ‘त्यस्तै अंगदानसम्बन्धी परामर्शसमेत हुनेछ।’


२५८ जनाको प्रत्यरोपण
यसैबीच मानव अंग प्रत्यारोपण केन्द्रले हालसम्म दुईसय ५८ जनाको मृगौला प्रत्यरोपण गरिसकेको छ।

त्यस्तै एकजनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिसकेको छ। ‘अहिले दैनिक एकसयभन्दा बढीको डाइलासिस भइरहेको छ’, अस्पतालकी मृगौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले भनिन्, ‘इमरजेन्सीबाहेक दैनिक दुई जना ओपीडीमा स्वास्थ्य परीक्षण गर्न आउँछन्।’

१० प्रतिशतमा मृगौलासम्बन्धी समस्या
त्यस्तै डा. श्रेष्ठले कूल जनसंख्याको दस प्रतिशत नेपालीमा कुनै न कुनै किसिमको मृगौलासम्बन्धी समस्या भएको बताइन्। उनले नेपालमा वार्षिक तीन हजार मृगौलाका नयाँ बिरामी आउने गरेको सुनाइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.