गाँजा र स्वास्थ्य
हिन्दु संस्कृतिमा मुख्य गरेर भारत र नेपालमा सामाजिक हिसाबले गाँजा स्वीकृत लागूपदार्थका रूपमा लिइन्छ । धार्मिक, सांस्कृतिक अवसरहरूमा जस्तै शिवरात्रि, होलीमा प्रसादको रूपमा पनि प्रयोग हुन्छ । अरू बेलामा पनि कहिलेकाहीं मठमन्दिरमा यसको प्रयोग भइरहेको देख्न सकिन्छ । होलीलाई सांस्कृतिक रूपमा मानसिक तनाव कम गर्ने तरिकाको रूपमा लिन सकिन्छ, जसले व्यक्तिमा भएका सम्पूर्ण दुःख, पीडा बिर्सेर, होलीको रङसँगै नयाँ उत्साहमा ताजापन सञ्चार गरेर जीवन बाँच्ने प्रयास गर्छ ।
संयुक्त राष्ट्रसंघअनुसार संसारभरिका करिब १५८.८ मिलियन मान्छेले गाँजा प्रयोग गर्छन्, जुन संसारभरिका मान्छेको करिब ३.८ प्रतिशत हुन्छ । गाँजा यस्तो अवैध लागूपदार्थ हो, जुन करिब चार प्रतिशत १५ देखि ६४ वर्षका मानिसले विशेष गरेर किशोर, युवा तथा पुरुषहरूले यसको प्रयोग गर्ने गरेको तथ्यांक छ । गाँजालाई म्याराजुना र क्यानाबिज भनिन्छ ।
यो गाँजाकोे बिरुवाको पात, टुसा र फूलबाट बनाइन्छ । यसबाट निस्कने च्याप्च्याप लाग्ने पदार्थबाट ह्यासिस बन्छ । नेपालको ग्रामीण भूमिमा यसको प्रयोग व्यापक देखिन्छ । गाँजाको औषधीय गुण कतिपय अवस्थामा यसको उपयुक्त प्रयोग भएको पनि देखिएको छ, जस्तै- दुखाइ कम गर्ने, भोक जगाउने असर क्यान्सरजस्ता पीडादायक अवस्थामा उपयुक्त विकल्प पनि हुने गरेको छ ।
गाँजाको दुव्र्यसनीः मानसिक रूपमा गाँजाको प्रयोगले मानिसको मनोदशा र शरीरमा असरहरू उत्पन्न हुन्छ । तत्कालीन असर स्वरूप कतिलाई छट्पटी, शारीरिक असरहरू पनि हुन्छन्, जस्तै- मुटुको चाल बढ्ने, रक्तचाप बढ्ने, सास छिटोछिटो फेर्ने, आँखा रातोपिरो हुने, मुख सुक्ने, भोक लाग्ने आदि । दीर्घकालीन र अत्यधिक प्रयोगले यसकै लत र दुव्र्यसन हुने गर्छ । केहीलाई अझै हानिकारक उदासीन, छट्पटी, स्किजोफ्रेनिया हुन सक्छ ।
होलीलाई सांस्कृतिक रूपमा मानसिक तनाव कम गर्ने पर्वका रूपमा लिन सकिन्छ, जसले व्यक्तिमा भएका दुःख, पीडा बिर्सेर, होलीको रङसँगै नयाँ उत्साहमा ताजापन सञ्चार गर्छ ।
कुनै कुरामा ध्यान केन्द्रित हुने, सोचविचार र एकाग्र हुने केही अवस्थाप्रति स्वतः प्रतिक्रिया जनाउने र निर्णय लिने क्षमतामा प्रतिकुल असर गर्छ, छट्पटाउने, डराउने, रुने, कराउने आदि हुन्छ । केहीलाई यसको असर रहुञ्जेल रमाइलो, आनन्द, स्वच्छन्द, आराम, चैन र पीडारहित अनुभव दिन्छ । गाँजाको लत र दुव्र्यसन गाँजाको लतलाई गाँजाको दुव्र्यसन भनिन्छ । सुरुमा यसले लत लाग्दैन भनी सोचिए पनि पछि यो नशालु र व्यसन हुने पदार्थको रूपमा सिद्ध भएको छ । मानिसले यसको सेवन रोक्दा वा घटाउँदा चिड्चिडाहट, रिस, छट्पटी, डर, त्रास, अनिद्रा, उदासी, बोर तथा टाउको र पेट दुख्ने, पसिना छुट्ने, ज्वरो आउने लक्षण पैदा हुन सक्छन् । विभिन्न अनुसन्धानहरूले गाँजाको लतले उदासीनता, चिन्ता, स्किजोफ्रेनियाको रोग लाग्न सक्ने पनि देखाएको छ ।
उपचार
गाँजाको मानसिक स्वास्थ्यमा सम्भावित लाभको बारेमा क्यानाडा र अमेरिकाका शोधकर्ताहरूको एक टोलीले हाल २०१६ मा गरेको समीक्षाको आफ्नो प्रतिवेदन, चिकित्सकीय मनोविज्ञान समीक्षामा प्रकाशन गरेका थिए, जसमा शोधकर्ताहरूले उदासीनता, निराशा, सामाजिक चिन्ता र आघातजन्य घटनापछिको तनावमा यसले सकारात्मक तरिकाले सामना गर्न सहयोग पुग्ने तर द्विध्रुवी विकारमा यसले सकारात्मकभन्दा पनि अधिक नकारात्मक दुष्प्रभाव हुने जनाएको छ ।
उपचारको लागि यसबारे समाजमा मनोशिक्षाको माध्यमबाट तथ्यहरूको जानकारी गराउनुपर्छ । अभिभावकले सकारात्मक अभिभावकत्वको सीप प्रयोग गरेर आफ्ना सन्तानलाई उत्तरदायी, सतर्क भएर यस्ता खराब प्रवृत्तिबाट टाढा राख्ने कोसिस गर्न आवश्यक हुन्छ । मनोविमर्शको प्रयोगबाट सेवाग्राहीलाई आफ्नो समस्याबारे यथार्थ बोध गर्न र यसबाट छुटकारा पाउन उपयोगी हुने विविध उपाय र विकल्पबारे खोजीनीतिमा सघाउँछ । नशासेवनदेखि टाढा रहेर जीवन जिउने उपायहरूको बुझ्न यसबाट सहयोग पुग्छ ।
सो सहयोग समूहमा आबद्ध भएर सामूहिक रूपमा व्यक्तिलाई धेरै सहयोग मिल्ने गर्छ । सांस्कृतिक रूपमा स्वीकृत मनोसामाजिक सहयोगका तरिका अपनाएर पनि कतिपय मानिसले यसको लत छोड्न सक्छन् । मनोवैज्ञानिक थेरापी, व्यवहारगत अभ्यास, नियमित जाँच, आदिले पनि सहयोग पुग्छ । यसमा परिवारको संलग्नता विशेष गरेर किशोर दुव्र्यसनीहरूका उपचारमा लाभप्रद हुने गर्छ । यसमा विविध पक्षबाट लाभदायी हुनसक्ने औषधीहरूको पनि विकास भइरहेको देखिन्छ ।