रत्नपार्कमा वायु गुणस्तर मापन केन्द्र

रत्नपार्कमा वायु गुणस्तर मापन केन्द्र

काठमाडौं : वातवरण प्रदुषणको अवस्था मापन गर्न जनसंख्या तथा वातवरण मन्त्रालयले रत्नपार्कमा वायु गुणस्तर मापन केन्द्रको मंगलबार औपचारिक उद्घाटन गरेको छ। बढ्दो वायु प्रदुषण नियन्त्रण गर्न मापन केन्द्रले सहयोग पुर्‍याउने लक्ष्यले केन्द्रको स्थापना गरेको मन्त्रालयका सचिव डाक्टर विश्वनाथ ओलीले जानकारी दिए।

मन्त्रालयले उपत्यकाका रत्नपार्क, पुलचोक र धुलिखेलमा केन्द्र स्थापना गरी सकेका छन् भने आर्थिक बर्ष २०७३-०७४ मा उपत्यकामा थप ४ र पोखरामा ३ स्थानमा केन्द्र विस्तार गर्ने तयारी सुरु गरेको वातवरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए।

केन्द्रले अवस्था मापन गरी दिएको परिणाम अनुसार नयाँ योजना ल्याउन सहयोग पुग्ने पौडेलले बताए। बढ्दो वायु प्रदुषणलाई न्युनीकरण गर्न उपत्यकामा १५ र नेपाल भर ५६ स्थानमा मापन केन्द्र विस्तार गर्न इसिमोडले पनि सहयोग गरेको छ।

मापन केन्द्र स्थापनामा इसिमोडले सरकारले गरे बराबरकै लगानी गरेको इसिमोट नेपालका कार्यकारी निर्देशक ड्याविट मोल्डेनले बताए।

रत्नपार्क केन्द्रले मापन गरेको नतिजाले प्रदुषणको अवस्था राष्ट्रिय मापदण्ड भन्दा दोब्बर देखाएको छ। राष्ट्रिय मापदण्ड भने २४ घण्टाका लागि पिएम १० को एक सय २०, पिएम २.५ को ४०, राखेको छ। यता यूरोपमा भने पिएम २.५ को २५, पिएम १० को ५० माइक्रोग्राम मीटरक्यू राखेको छ। यो नेपालको राष्ट्रिय मापदण्ड भन्दा दोब्बरले कमी हो। डेनमार्कको सहयोगमा सन् २००८ देखि ८ स्थानमा प्यारोमिटर राखेर प्रदुषण मापन गर्दै आएको थियो तर विदेशीले छाडेपछि सरकारले निरन्तरता दिन नसके पछि बन्द भएको थियो।

यता अमेरिका दूतावासले फोरा दरबार क्षेत्रमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको छ। यस केन्द्रले मापन गरेको डाता नेपाल सरकारको सर्वरमा उपलब्ध गराउने नेपालका लागि अमेरिकी राजदुत तेप्लीज अफेयरले बताइन्। दूतावासले विश्वभर वायुको गुणस्तर मापन केन्द्र स्थापना गरेको तर डाटा सम्बन्धीत सरकारलाई उपलब्ध गराएको नेपालनै पहिलो भएको उनले बताइन्।

फोरा दरबार केन्द्रले मापन गरेको डाटा नेपाल सरकारको सर्वरमा सिधै उपलब्ध हुनेछ। सरकारले पोलुसन सम्बन्धीको अवस्था पोलुसन डट जिओभी डट एनपीबाट मापन डाटा सार्वजनिक गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.