बजार लिँदै ओप्पो

बजार लिँदै ओप्पो

काठमाडौंः ओप्पोसँगै भित्रिएका कतिपय मोबाइल ब्रान्डको नेपाली बजारमा हिस्सा नै छैन । आक्रामक बजार विस्तारको रणनीति लिएको ओप्पो स्मार्टफोन नेपाली बजारमा ग्राहकको रोजाइमा पर्न सफल भएको छ । मोबाइल व्यवसायीका अनुसार बजारमा भित्रिएको सात महिनाको अवधिमा ओप्पो नेपालमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको लिस्टमा चौथो स्थानमा परेको छ ।

नेपालमा मात्र नभई विश्व समार्टफोनको बजारमा पनि ओप्पोले आफूलाई अब्बल सावित गरिसकेको छ । इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) ले जारी गरेको रिपोर्टअनुसार चाइनिज ब्रान्ड ओप्पो सन् २०१६ मा १६ दशमलव ८ प्रतिशत बजार हिस्सासाथ चाइनामा नम्बर १ स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको हो । ओप्पो विश्वकै चौथो बेस्ट सेलिङ स्मार्टफोन ब्रान्डका रूपमा आईडीसीले जनाएको छ । आईडीसीका अनुसार ओप्पोले सन् २०१६ को अन्त्यसम्म विश्व मोबाइल बजारमा ७.१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

यसका लागि चिनियाँ बजार नै कम्पनीको सबैभन्दा उत्कृष्ट बजारका रूपमा सावित भएको छ । विश्वका २८ देशमा आफ्नो उपस्थिति जनाएको ओप्पोले मुख्यतः एसियाली बजारमा आफ्नो प्रभुत्व जमाएको छ । आईडीसीका अनुसार दक्षिणपूर्वी एसियामा छोटो समयावधिमा ओप्पो दोस्रो स्थानमा उक्लिएको छ । भारतमा ओप्पोले एप्पललाई उछिन्दै सामसुङपछिको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको रूपमा दोस्रो स्थान हासिल गरेको छ । रिसर्च फर्म जीएफकेको रिपोर्ट अनुसार सन् २०१६को डिसेम्बरसम्म ओप्पोको अफलाइन बजार हिस्सा १ दशमलव २ प्रतिशत छ । यो सन् २०१५ को तुलनामा १० दशमलव ९ प्रतिशतले बढेको हो ।

क्यामेरा फोनको रूपमा आफूलाई विश्व स्मार्टफोन बजारमा स्थापित गरेको ओप्पो विशेषतः युवा वर्गमा लोकप्रिय बनेको छ । ओप्पो नेपालका लागि पीआर म्यानेजर सुरज महर्जनका अनुसार नेपालमा पनि यो स्मार्टफोन युवा वर्गको रोजाइमा परेको छ । उनले भने, ‘नेपालमा आएको सात महिनामै ओप्पोले नेपाली स्मार्टफोनको बजारमा ग्राहकको मन जित्न सफल भइसकेको छ ।' उनका अनुसार ओप्पोले बजार विस्तारका क्रममा अबको दुई वर्षमा नेपालमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोनको दोस्रो स्थान हासिल गर्ने योजना बनाएको छ । अबको चार वर्षमा नेपालकै सबै ठूलो र धेरै बिक्री हुने ब्रान्डका रूपमा स्थापित हुने योजना बनाएको उनले बताए ।

यसका लागि कम्पनीले आफ्नो प्रोडक्ट लाइन थप्नुका साथै आवश्यक बजार रणनीति तयार गरिरहेको छ । महर्जनका अनुसार नेपाली बजारमा कम्पनीको एफवानएस मोडल सबैभन्दा लोकप्रिय प्रोडक्ट हो । पछिल्लो समय सेल्फीमा ग्राहकको बढ्दो आकषर्णलाई ध्यानमा राखेर कम्पनीले एफवानएसलाई सेल्फी स्मार्टफोनका रूपमा भित्वयाएको थियो । १६ मेगा पिक्सेल फ्रन्ट क्यामेरा रहेको यो स्मार्टफोनमा १३ मेगा पिक्सेलको रिएर क्यामेरा छ।

ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष तथा मोबाइल व्यवसायी जगत साउदका अनुसार ओप्पो गुणस्तरीय ब्रान्डका रूपमा नेपालमा उदाउँदै छ । उनी भन्छन्, ‘नेपाली बजार पनि यो स्मार्टफोन क्यामेरा फोनका रूपमा चिनिएको छ ।' उनका अनुसार जुन रूपले ओप्पोले बजार लिएको छ सोही अनुपातमा जाने हो भने अबको ५/६ महिनाको अवधिमै यो ब्रान्डले बजारमा ठूलो छाप छाड्नेछ । ‘ओप्पोसँग स्मार्टफोनको लाइनअप कमी छ, जम्मा तीन वटा स्मार्टफोन हुनु कम्पनीका लागि असहज पक्ष हो', साउदले भने, ‘यदि कम्पनीले आफ्नो स्मार्टफोनको लाइनअपमा वृद्धि गर्न सक्ने हो भने कम्पनीले चाँडै नेपालमा भएका अन्य ब्रान्डको बजारलाई विस्थापित गर्नेछ ।'

उनका अनुसार बजारमा अहिले सामसुङ, हुवावे, जिओनीपश्चात् ओप्पोको बजार रहेको छ । ‘नेपालमा १५ हजारदेखि २० हजारसम्मको स्मार्टफोनको ठूलो बजार छ', साउदले भने, ‘तर ओप्पोको स्मार्टफोन ३० हजारको लाइनमा छ । जसले गर्दा कम्पनीको प्रोडक्टले सबै वर्गलाई छुन सकेको छैन ।' अब हाईरेन्ज र लो रेन्जका स्मार्टफोन आवश्यक रहेको उनले बताए । ओप्पोको अहिले एफवानएस, ओप्पो ए३७ र ओप्पो नियो७ गरी तीन उत्पादन नेपाली बजारमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.