चीन भ्रमण

 चीन भ्रमण

प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल पहिलो औपचारिक यात्रामा चीनतर्फ जान लागेका छन् । यसअघि अर्थात् झन्डै आठ वर्ष पहिले निर्धारित यात्राभन्दा दुई सातापहिले प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गरी स्वयं राजीनामा गरेर यात्राको औचित्य समाप्त गरेका थिए दाहालले ।

कतिपयको दिमागमा अहिले पनि अनुत्तरित प्रश्न छ, ‘के चीन भ्रमण रद्द गर्नकै लागि कटवाललाई बर्खास्त गरेका त हैनन् दाहालले ? 'किनकि जति सहजताका साथ उनले पदबाट राजीनामा दिए, त्यो अपवादजस्तै थियो । कतै सिद्धान्ततः दुई पक्षबीच नेपाल चीन मैत्री सन्धिलाई परिमार्जन गर्न भएको सहमतिलाई औपचारिकता नदिन दाहालमाथि बाह्य शक्तिबाट परेको दबाबका कारण उनले चीन नजाने वातावरण निर्माण गरेका त हैनन् स्वयंले ?

बिहीबारदेखि सुरु हुने यात्रामा राष्ट्रपति सी जिनपिङसँग ‘गम्भीर' छलफल गर्ने दाहालले बताएका छन् । वास्तवमा कुनै पनि उच्चस्तरीय र दुईपक्षीय वार्ता गम्भीरताका साथ नै सञ्चालन हुनुपर्छ र त्यसका लागि यथेष्ट गृहकार्यको आवश्यकता अर्को पाटो हो ।

नेपाल र चीनबीचको सम्बन्धमा आशंकाका ग्रहण र आशाका किरण दुवै छन् अहिले । माओवादी बाह्रबुँदे र भारतीय मध्यस्थतामार्फत शान्ति प्रक्रियामा आएको र त्यसपछिको राजनीतिमा उसले तथा मधेसकेन्द्रित केही दलहरूले जातीयता र पहिचानको मुद्दामार्फत भारतसँगै पश्चिमी शक्तिहरूको पृष्ठपोषण गरेको आशंका पर्याप्त छ चीनमा ।

त्योसँगै नेपालमा उच्चतम तहमा राजनीतिक रिक्तता उत्पन्न हुँदा अनियन्त्रित रूपमा बाह्य शक्तिहरूले नेपाल प्रवेश गरी आफ्ना खेल मैदान बनाएको र त्यसबाट चीनको सुरक्षामा खलल पुर्‍याउने विश्लेषण चीनले नेपाललाई पटकपटक सुनाएको छ । यो चासोलाई नेपालले सकारात्मक रूपमा लिँदै उचित रूपमा सम्बोधन गर्नु आवश्यक छ ।

प्रधानमन्त्री दाहालको यो यात्रा उनका पूर्ववर्ती केपी ओलीको यात्राको एक वर्षपछि हुँदैछ । एउटा विशिष्ट परिस्थितिमा ओलीले प्रधानमन्त्रीको हैसियतमा चीनसँग व्यापार, पारवहन र विकाससम्बन्धी विभिन्न अवधारणामा दीर्घकालीन हितका सहमति र समझदारी गरेका छन् । त्यस्तै चीनले नेपाललाई ‘वान बेल्ट वान रोड' परियोजनामा प्रवेश गर्न आग्रह गर्दै आएको छ । नेपालले आफ्नो विश्वसनीय हैसियत आर्जन गर्न पहिलाका समझदारी र आफ्नो प्रतिबद्धतामा अडिन सक्नुपर्छ । अर्कोतिर वान बेल्ट वान रोडबारे आफ्नो स्पष्ट मान्यता तथा विश्लेषण चीनसमक्ष राखी अगाडिको पाटो तय गरिनु दुवैको हितमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.