सिटिजन्स बैंकले हकप्रद सेयर निष्कासन गर्दै
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १०:२.५ (दश बराबर २ दशमलब ५) को हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको दशौं वार्षिक साधारणसभाको निर्णयबमोजिम फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीलाई कुल सेयरको २५ प्रतिशतका दरले सय रुपैयाँ अंकित एक करोड ३८ लाख ४३ हजार तीन सय ७९ कित्ता हकप्रद सेयरको बिक्री चैत्र २४ देखि वैशाख २७ सम्म खुला गर्ने भएको छ ।
बैंकमा आवद्ध करिब ८० हजार सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सेयर निष्कासनपश्चात बैंकको पुँजी ६ अर्ब ९२ करोड पुग्नेछ । बैंकले यसै आर्थिक वर्षभित्र आठ अर्बको पुँजी पुर्याउने लक्ष्य लिएको छ ।