सगुनको मिनी आइपिओमा लगानी गर्न तीन दिन थप

 सगुनको मिनी आइपिओमा लगानी गर्न तीन दिन थप

काठमाडौं: अमेरिकी स्टार्ट अप कम्पनी सगुनले निस्कासन गरेको मिनी आइपिओमा आवेदन गर्ने म्याद तीन दिन बढाएको बताएको छ।कम्पनीले सेयर खरिद गर्न नभ्याएका लगानीकर्ताहरुको आग्रहमा मार्च ३० सम्म आवेदन गर्ने म्याद थपेको सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले जानकारी दिए।

यसअघि सगुनले मार्च २७ मा सेयर आवेदन बन्द गर्ने बताएको थियो।अब लगानीकर्ताले अमेरिकाको वासिङ्गटन डिसीको समयअनुसार आगामी मार्च ३० राति १२ बजेसम्म आवेदन गर्न सक्ने छन्।

यस हिसावले नेपाली समयअनुसार शुक्रबार बिहान पौने दस बजेबाट लगानी बन्द हुनेछ।यही समयलाई आधार मानेर आफू बसेको देशको समय निकालेर लगानी गर्न सकिने छ।

सगुनका सहसंस्थापक सिटौलाले विश्वभरका लगानीकर्ताहरुको आग्रहमा मिनी आइपिओको म्याद तीन दिन थपिएको जानकारी दिए।सगुनमा लगानी गर्नको लागि अनलाइन फर्म भरेसकेको अवस्था भने मार्च ३० देखि पछि ७२ घण्टा भित्रमा बैंकिङ च्यानलमार्फत वायर ट्रान्सफर गरेर रकम पठाउन समय पाउने छन्।यस्तो अवस्था रहे पनि भर्म भरिसकेर जतिसक्दो चाडो रकम पठाउदा लगानिलाई सुनिन्चित गर्न सकिने बताइएको छ।

सगुनले मिनी आइपिओबाट सगुनले २७ लाख डलर संकलन गरेको छ। अहिलेसम्म विश्वभरका २ हजार ९ सयभन्दा बढी सर्बसाधारणले सगुनमा लगानी गरेको कविन्द्र सिटौलाले जानकारी दिए।यति संख्यामा आवेदन आउनु कम्पनीका लागि उत्साहजन भएको उनले बताए।

सगुनले अमेरिका र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक सहभागिता देखिएको बताएको छ।कम्पनीले फेब्रुअरी ९ देखि सर्बसाधारणका लागि सेयर निस्कासन गरेको थियो।सगुनले विश्वब्यापी रुपमा उत्साहजनक लगानीकर्ताको सहभागिता देखिएको बताएको छ।

सगुनले सर्बसाधारणलाई निस्कासन गरेको सेयर बन्द गरेपछि संस्थागत लगानीकर्ताका लागि मात्रै निस्कासन गर्ने सिटौलले बताए।त्यसपछि सर्बसाधारण सेयरधनीले लगानी गर्ने अबसर नपाउने उनले बताए।

सगुनले संस्थागत लगानीकर्ताका लागि सेयर निस्कासन गर्न ब्रोकर डिलर बुस्टेड सेक्युरिटी एलएलसीलाई जिम्मा दिएको छ।बुस्टेडले अमेरिकी आइटी हब सिलिकन भ्यालीमा १ सय बर्षदेखि काम गरेको इतिहास बोकेको छ।

ग्लोबल सेयर मार्केटमा नेपालीले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको कम्पनीले सेयर निस्कासन गरेको पहिलो पटक हो।सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा ठूलै लगानी भित्र्याउने घोषणा गरेको छ।

सगुनले भर्खरै अमेरिकाको ‘जब्स एक्ट' अनुसार अमेरिकामा मिनि आइपीओ निस्कासन गर्ने अनुमति पाएको थियो।मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो।यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन्।

सर्बसाधारणका लागि मिनी आइपिओको निस्कासन चरण सकिएपछि सगुन आफ्ना प्रोडक्ट डेभलपमा लाग्ने जनाएको छ।‘हाम्रो पाइपलाइनमा धेरै प्रोडक्ट छन्, सगुनका संस्थापक गोविन्द गिरीले भने, ‘तिनलाई युजरसम्म पुर्‍याउन अब हामी सबै क्षमता प्रयोग गर्ने छौं।'

सगुनले मोवाइल एप बजारमा ल्याउने तयारी गरेको छ।उसले सुरुमा एन्ड्रोइड प्लोटफर्ममा एप ल्याउने तयारी गरेको छ।सगुनका संस्थापक गिरीले एप डेभपको काम ५० प्रतिशत सकिएको बताएका छन्।‘हामी जुनसम्ममा सगुनको मोवाइल एप बजारमा ल्याउने छौं,'उनले भने।

सगुनले एक अर्कालाई सामाजिक संजालमा जोड्ने फरक प्लेटफर्म उपलब्ध गराएको छ।यसले आफ्ना प्रयोगकर्ता बढाएर गरेको आय तिनै प्रयोगकर्तालाई बाँड्ने फरक अवधारणाका साथ ब्यवसायिक योजना सार्बजनिक गरेको छ।

स्टार्ट अप कम्पनी भनेको भोलि राम्रो विस्तार हुन सक्ने सम्भावना भएको कम्पनीको सुरुआतको स्टेज हो।सगुनका सहसस्थापक सिटौलाका अनुसार अहिले सेयर किन्ने सबैले सगुनको स्वामित्व पाउने बताए। 'सगुनको सेयरभन्दा अहिले लगानी गर्नेले यसको स्वामित्व पाउने हो, उनले भने, सगुनको प्रगतिसँगै अहिलेका सबै लगानीकर्ता त्यसको सम्पत्तिको मालिक हुनेछन्।'

उनले सन् २०१० मा अमेरिकी ट्याक्सी कम्पनी उबरमा १ सय डलर लगानी गर्नेहरुको प्रतिफल १० लाख डलरसम्म भएको उनले उदाहरण दिए।उनले अहिले सगुनमा जोखिम जति मात्रामा छ, त्यतिकै बढी मात्रामा प्रतिफल पाउने सम्भावना रहेको बताए।

सगुनको आइपिओमा नेपालबाट भने लगानी गर्न सकिन्न।नेपालबाट लगानी गर्न नसकिए पनि नेपाल बाहिर रहेका नेपालीहरुले भने लगानीको यो अवसर प्राप्त गर्न सक्नेछन।संसारका अन्य अधिकांश मुलुकबाट मिनी आइपिओमा लगानी गर्न सकिन्छ।

सगुन डटकम÷इन्भेस्टमा दिइएको फर्म भरेर आएको मेल अनुसार आफ्नो खाता भएको बैकबाट वायर ट्रान्फर गरेर सगुनको सेयरमा लगानी गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.