जाजरकोटमा नेविसंघ नेताको हत्या

जाजरकोटमा नेविसंघ नेताको हत्या

जाजरकोट : जाजरकोटमा मंगलबार साँझ नेपाल विद्यार्थी संघ (नेविसंघ) का युवा नेता रविन्द्र शाहको निर्मम तवरले हत्या गरिएको छ । भेरी नगरपालिका ३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहले ढुंगा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।हत्या पछि शाहको शव साढे तीन सय मिटर तल भिरमा फालिएको थियो ।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका शाह पाँच तारा युवा संरक्षक मञ्चका जिल्ला अध्यक्ष थिए । मंगलबार साँझ जाजरकोट सदरमुकाम खलंगाबाट जाजरकोट डोल्पा सडकखण्डमा ‘इभिनिङ वाक’ गरेर फर्कंदै गर्दा अज्ञात समूहले शाहमाथि ढुंगा प्रहार गरेको उनीसँगै गएकामध्ये एक हिटलरसिंह राठौरले जानकारी दिए ।

शाहको भेरी नगरपालिका ३ खाप्लेमा हत्या भएको हो । हत्या भएको स्थल सदरमुकामबाट एक किलोमिटर टाढापर्छ । उनीसँगै चारजना घुम्न गएका थिए । अज्ञात समूहले आक्रमण सुरु गरेपछि अन्य तीनजना भाग्न सफल भएका छन् ।

‘सँगै गएका थियौं, फर्कने क्रममा अपरिचित मान्छे आएर आक्रमण सुरु गरे’, हिटलरसिंहले भने, ‘हामीले भागेर ज्यान बचायौं, उहाँलाई के गरे थाहै भएन ।’

प्रहरीलाई तत्काल खबर गर्दा समेत प्रहरी ढिलोमात्र घटनास्थलमा पुगेको भन्दै उनले आपत्ति प्रकट गरे । प्रहरीका अनुसार उनको नाक, मुख र टाउको पूरै किचिएको छ । प्रहरी प्रमुख रिमालले भने, ‘ढुंगाले हानेर लडाउँदै कुट्दै गरेको देखिन्छ ।’

नेता शाहको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ । उनका आमाबुबा, एक दाइ र ३ दिदीबहिनी छन् । प्रहरीले हत्यामा संलग्नको खोजी भइरहेको बताए पनि राति अबेरसम्म कसैलाई पक्राउ गरेको छैन । घटनास्थल र अस्पतालमा सर्वसाधारण र आफन्तको भिड लागेको छ । शाहको हत्यापछि सदरमुकाममा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।
प्रहरी प्रमुख रिमालले घटना सुनियोजित भएको प्रारम्भिक अनुमानबाट थाहा भएको बताए ।

एक महिनाअघि मात्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता नेता शाहसँग चन्दा मागेपछि विवाद भएको परिवारले बताएको छ । हत्यामा विप्लव कार्यकर्ताको संलग्नता रहेको आशंका भए पनि यसको पुष्टि हुन सकेको छैन । ठेकेदार समेत रहेका शाहको केही समय अघि रुकुमको चौरजहारी युवासँग विवाद भएको थियो । शाह जाजरकोटका कांग्रेस सांसद राजीवविक्रम शाहका नातामा भाइ हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.