विस्तार हुँदै मोबाइल हव

विस्तार हुँदै मोबाइल हव

काठमाडौः पछिल्लो समय मोबाइल बजारका लागि मोबाइल हव निर्माण गर्ने क्रम बढिरहेको छ । केही वर्ष अघिसम्म पनि काठमाडौंमा मात्रै सीमित यो ट्रेन्ड विस्तारै उपत्यकाबाहिरका सहरमा पनि देखिन थालेको हो । पोखरा, बुटवल, नेपालगन्ज, नारायणघाटलगायतका सहरमा पनि मोबाइल हवको विकास भएको छ । काठमाडौंको पाको न्युरोडमा रहेको ताम्राकार कम्प्लेक्सले पाएको मोबाइल हवको परिचयले पनि यस्ता हवको निर्माणमा आकर्षण देखिएको हो ।

मोबाइलका पसलले मात्र भरिएको ताम्राकार कम्प्लेक्सजस्तै अन्य स्थानमा पनि यस्ता भवन निर्माण भएका छन् । कतिपय स्थानमा भवनको सीमित फ्लोरलाई मात्र पनि मोबाइल बजारको रूपमा विकास गरेको पाइन्छ । एउटै स्थानमा बजारमा भित्रिएका सम्पूर्ण ब्रान्डका मोबाइल उपलब्ध गराउनुका साथै उक्त ब्रान्डको मर्मत सेन्टरसमेत खोलेर ग्राहकलाई सेवादिने मोबाइल बजारको राम्रो पक्षसमेत भएको मोबाइल व्यवसायी बताउँछन् ।

‘मोबाइल हवको विकासले मोबाइल किन्ने ग्राहकलाई पनि सहज भएको छ,' ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष जगत साउद भन्छन् । ‘मोबाइलको बजारसमेत विस्तार हुँदै गएको छ । कुनै समय ७५ वटै जिल्लाका मानिसको मोबाइल खरिद गर्ने मुख्य स्थानको रूपमा रहेको ताम्राकार कम्प्लेक्सबाट बजार अन्यन्त्र विस्तार हुँदैछ । त्यतिमात्र होइन ताम्राकार कम्प्लेक्समा दिइने सुविधा ग्राहकले अन्यन्त्र पाउँदा ताम्राकार हाउस जानुपर्छ भन्ने मानिसको सोचमा परिवर्तन आएको पाएको छु', साउद थप्छन् ।

मोबाइल हवको रूपमा अहिले उपत्यकामै चार भन्दाबढी स्थान छन् । काठमाडौंको पाको न्युरोडमा रहेको ताम्राकार कम्प्लेक्स अरुको लागि उदाहरण बनेको छ । यसैलाई पछ्याउँदै ललितपुरको लगनखेलमा ललितपुर मोबाइल कम्प्लेक्स सञ्चालनमा आएको छ । त्यस्तै बालाजुमा बीजी मल र सुन्धारामा सिभिल ट्रेड सेन्टर (सीटीसी मल) सञ्चालनमा छन् । उपत्यकाबाहिर पोखराको महेन्द्र पुलमा रहेको सीता भवन पनि यसको अर्को उदाहरण हो । पोखराको सीता भवन पोखराको मोबाइल बजार भनेर चिनिएको छ ।

ताम्राकार हाउसले पशुपति प्लाजामा रहेका मोबाइल पसललाई विस्थापित गर्‍यो । अन्य ठाउँमा खुलेको मोबाइल बजारले ताम्राकार हाउसलाई असर गर्न सक्छ ।

त्यस्तै बुटवल अमरपथमा रहेको सीतारा मिनी मार्केट र नारायणघाटको इन्द्रदेव सिनेमा हलसँगै रहेको बजारले पनि मोबाइल बजारको नाम पाएको छ । ‘यस्तो किसिमको बजारको भविष्य पनि राम्रो छ,' ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोतम बस्नेत भन्छन् । यसरी मोबाइल बजारको विस्तार हुँदा एकातर्फ ग्राहक लाभान्वित भएका छन् भने अर्कोतर्फ व्यवसायीको लगानी सुरक्षित भएको छ । हवमा सबैभन्दा ठूलो कुरा प्रतिस्पर्धा धेरै हुन्छ । धेरै पसल एकै ठाउँमा हुँदा सबैभन्दा कम मूल्यमा मोबाइल दिन सक्ने पसलबाट ग्राहकले मोबाइल खरिद गर्छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा यसरी मोबाइल हवको निमार्ण हुँदा मोबाइल बजारको विस्तार भएको छ । कुनै समय ताम्राकार कम्प्लेक्सजस्तै मोबाइलको लागि परिचित पशुपति प्लाजा अर्को उदाहरण हो । ‘सुरुमा पशुपति प्लाजाका सबै सटर मोबाइलका पसलले भरिएका थिए,' साउद भन्छन् । तर अहिले सीमित मात्रामा मोबाइल पसल त्यहाँ बाँकी छ । ताम्राकारले त्यहाँको ग्राहकलाई तान्यो । अब अन्य ठाउँमा खुलेका मोबाइलको बजारले ताम्राकारको बजार तान्न नसक्ला भन्न सकिन्न । यसका लागि समय लाग्छ तर विस्तारित मोबाइल बजारले यसलाई पनि असर पार्नेछ ।

‘पछिल्लो समय त भवन निर्माण गर्ने निर्माणकर्ता नै आफ्नो भवनमा मोबाइल पसल खोल्नुपर्छ भन्न थालेका छन,' बस्नेत भन्छन् । मलमा मोबाइलको बजार भयो भने मल चल्छ भन्ने सोच नै सिर्जना भएको छ । त्यसले नयाँ भवन बनेको ठाउँमा मोबाइलको बजार विस्तार भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.