दोलखाको सबै गाउँमा नेपाल टेलिकमको पहुँच

 दोलखाको सबै गाउँमा नेपाल टेलिकमको पहुँच

चरीकोट: नेपाल टेलिकमको पहुँच दोलखाको सबै ठाउँमा पुग्ने भएको छ। भौगौलिक दृष्टिकोणले धेरे विकट रहेको लप्ची गाउँमा बाहेक सबै गाउँमा पहुँच विस्तार भएको नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणी अर्यालले जानकारी दिए।

उनले दोलखाको सबै गाउँमा नेपाल टेलिकमको पहुँच पुर्‍याउने प्रमुख उद्धेश्यका साथ विभिन्न ठाउँमा नयाँ टावर निर्माण हुने क्रमले तिब्रता पाएको बताएका छन्। बुधबार बाट जिल्लाको सबैभन्दा अग्लो स्थान गौरीशकर वडाको बेदिड्डमा करिब २८ लाख रुपैया हेलिकप्टर ढुवानीमा खर्च गरेर टावर निर्माणको काम सुरु गर्न लागिएको समेत जानकारी दिए।

सो स्थानमा टावर निर्माण भएपछि जोखिममा रहेको च्छोरोल्पा हिमतालको अवस्था एसएमएस मार्फत अपडेट हुन सहज हुने र सो स्थानमा जाने पर्यटकहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पर्ने विश्वास आफुहरुले लिएको बताएका छन्। च्छोरोल्पा हिमताल उच्च जोखिममा रहेको ताल मध्येको एक हो।

सो ताल हेर्न बार्षिक रुपमा धेरै पर्यटकहरु त्यस तर्फ जाने गरेपनि सञ्चारको सुविदा नहुदा धेरैलाई समस्या हुने गरेको ले पनि टेलिफोनको टावर निर्माण भएपछि सहज हुने टेलिकम दोलखाको भनाइ रहेको छ । यो टावर निर्माण भएपछि लप्ची बाहेक सबै गाउँमा टेलिकमको पहुँच पुग्ने छ।

नेपाल टेलिकम दोलखाले बार्षिक १ करोड २५ लाख रुपैया राजश्व संकलन गर्दै आएको छ। लाईन फोनको विस्तार भएसगै राजश्वमा पनि बृद्धि हुदै गएको टेपाल टेलिकम दोलखाका प्रमुख श्याममणी अर्यालको भनाइ रहेको छ।

जिल्लामा हाल दुई हजार भन्दा बढि लाइन फोन सञ्चालनमा रहेको छ। सुरुमा सदरमुकाम चरीकोटमा मात्र रहेको लाइन फोन कार्यालय प्रमुख अर्यालकै अगुवाइमा दोलखा बजार,जिरी नगरपालिका,सिगँटी,मैनापोखरी,किर्ने बजार र गोगरमा सेवा विस्तार गरेका छन्।

यस्तै पर्यटकहरुको चाप बढे सगै धार्मिक स्थल कालिञ्चोकमा थ्रिजि सेवा विस्तार भएको छ । यस बाट धेरै पर्यटकहरु प्रत्यक्ष रुपमा लाभान्वीत भएका छन् । यसैगरी माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्थल गौगरमा पनि एडिएसल इन्टरनेटको सेवा सुरु भएको छ।

ग्राहकको मागलाई ध्यानमा राखी हाल दुधपोखरी ताम्चेत ,शैलुड्डको भैसे,डाडाखर्क,सिँगटी र खारेको डाडाँमा टावर निर्माण भइरहेको टेलिकम प्रमुख अर्यालयको भनाइ रहेको छ। उनले एउटा टावर निर्माणको लागि करिब एक करोड रुपैया लाग्ने गरेको बताए । हाल प्रति टावर प्रति घण्टा ३५ हजार रुपैया आम्दानी हुने गरेको समेत जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.