बाजी मार्‍यो ‘घट्टो'ले

बाजी मार्‍यो ‘घट्टो'ले

नेपालगन्जः नेपालगन्जमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा लघुचलचित्र ‘घट्टो' ले बाजी मारेको छ । प्रतिस्पर्धाका पहिलो स्थान हासिल गर्दै यस लघुचलचित्रले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । भक्तपुरका अनिश भण्डारीले निर्देशन गरेको लघुचलचित्र ‘घट्टो' प्राविधिक शिक्षासँग सम्बन्धित छ ।

गढिमाई मेलासँग सम्बन्धित अर्को लघुचलचित्र ‘मेला'ले ३५ हजार रुपैयाँसहित दोस्रो पुरस्कार हात पार्न सफल भएको छ । पशुबलिसँग सम्बन्धित यो लघुचलचित्र रघुवर नेपाल र शिव कोइरालाले निर्माण गरेका हुन् । २५ हजार रुपैयाँसहित तेस्रो पुरस्कार भने ओभास शाक्यले तयार पारेको लघुचलचित्र ‘कालो गुराँस'ले जितेको छ । त्यसैगरी देवकी विष्ट निर्देशित ‘देवकी'ले २५ हजार रुपैयाँसहित स्पेसल अवार्ड हात पारेको छ । स्पेसल मेन्सन अवार्ड विष्णु कल्पितले तयार पारेको ‘सवारी'ले जितेको छ।

विजेतालाई बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मी, प्रहरी उपरीक्षक टेकप्रसाद राई, नेपालगन्ज उद्योग वाणिज्य महासंघ पूर्वउपमहासचिव रचना श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । पुरस्कार वितरण गर्दै प्रजिअ पन्थले महोत्सवमा सहभागी चलचित्रले समाजको यथार्थ चित्रण गरेको र यस्ता चलचित्रले सामाजिक समस्यालाई बाहिर ल्याने काम गरेका बताए।

नेपालगन्जलाई कला, साहित्य, संस्कृतिलगायत विभिन्न पक्षबाट चिनाउन महोत्सव आयोजना गरिएको निर्देशक जनक नेपालले बताए । चैत २५ गते सुरु भएको महोत्सवमा ३१ गते राति सम्पन्न भएको हो । महोत्सवका क्रममा साइक्लिङ प्रतियोगिता, साहित्य, राजनीति तथा समसामयिक विषयमाथि बहस पनि गरिएको महोत्सवका अध्यक्ष टी एस ठकुरीले बताए।

महोत्सवमा नेपाल, भारत, स्पेन, अमेरिका, बंगलादेश, बुल्गेरिया, नर्वे, ब्राजिल, साउथ कोरिया, पाकिस्तान, क्यानडा, इजिप्टलगायत दर्जनभन्दा बढी मुलुकका २० भन्दा बढी छोटो चलचित्र प्रदर्शन गरिएका थिए । महोत्सवमा नवीन सुब्बा, अनुप सुवेदी र नयनराज पाण्डे निर्णायकका रूपमा रहेका थिए । महोत्सव सोचेभन्दा भव्य र सफल भएको फेस्टिभल डाइरेक्टर नन्द देवकोटाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.