हलको अनुगमनमा चलिचत्र विकास बोर्ड
काठमाडौं :चलचित्र विकास बोर्डले काठमाडौंका चलचित्र हलहरूको अनुगमन सुरु गरेको छ । बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र हलहरूको अनुगमन गरेका हुन् । चलचित्र वितरण र प्रदर्शन ऐनबमोजिम चलचित्रका दर्शकलाई सेवासुविधा नदिएको गुनासो आएपछि बोर्डले अनुगमन गरेको हो ।प्रविधिको विकास भएसँगै चलचित्र निर्माणमा विकास भए पनि नेपालका अधिकांश सिनेमा हल त्यसअनुसार अपडेट भएको अध्यक्ष राईले बताए ।
केही काठमाडौंका मल्टिप्लेक्सबाहेक सबै हल अहिले पुरानै शैलीमा चलिरहेका छन् । अहिले पनि काठमाडौंका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा लगायतका हलमा बस्ने सिटमा चुइंगम टाँसिएको, ट्वाइलेटको दुर्गन्धले हलभित्र बसिनसक्नु भएको, प्रांगणमा सिगरेटको धूवाँको कुइरीमण्डलकै अवस्थामा रहेको गुनासो दर्शकको छ । त्यसो त काठमाडौंबाहिरका धेरै हलको अवस्था पनि उस्तै छ ।
चलचित्र विकास बोर्डले अहिले बक्स अफिस लगाउने कामलाई तीव्र गतिमा अगाडि बढाएको बताइएको छ । त्यसका लागि सबै सिनेमा हल सञ्चालकलाई सचेत गराउन र उनीहरूको गुनासो सुन्न पनि आफू अनुगमनमा निस्किएको अध्यक्ष राईले बताए ।