अन्तर्राष्ट्रिय प्रतियोगिताको फिनालेमा नेपाली मलिसा

अन्तर्राष्ट्रिय प्रतियोगिताको फिनालेमा नेपाली मलिसा

काठमाडौं: डिज्नी च्यानलले आयोजना गर्ने प्रतियोगिता 'सोए लुना-डाइन् आउफ्ट्रीट्' मा नेपाली मुलकी मलिसा गुरुङ उत्कृष्ट पाँचमा छनौट भएकी छिन्। गायन र नृत्यकला सम्बन्धी उक्त ट्यालेन्ट शोको अन्तिम प्रतिस्पर्धाका लागि मलिसा छानिएकी हुन्।

प्रतियोगितामा जर्मनी, स्वीट्जरल्याण्ड र अस्ट्रियाका अन्य प्रतियोगीलाई पछि पार्दै उनी उत्कृष्ट पाँचमा पर्न सफल भइन्। जर्मनीस्थित ब्रेमेन शहरमा बसोबास गर्ने ११ वर्षीया मलिसाको जर्मन भाषामा गाएको गीतसमेत सार्वजनिक भएको छ।

 

कार्यक्रम मे महिनाको पहिलो साता सोमबारदेखि शुक्रबारसम्म डिज्नी जर्मनीमा बेलुकी ८ बजे प्रदर्शन हुँदै आएको छ। प्रतियोगिताको विजेता भने मे ५ बाट मे १८ सम्ममा प्राप्त हुने अनलाइन भोटका आधारमा तय हुने बताइएको छ।

मलिसा अन्तर्राष्ट्रिय कलाकार संघका अध्यक्ष एवं एनआरएनए जर्मनीका सांस्कृतिक संयोजक बेल गुरुङकी छोरी हुन्। अनलाइन भोटिङ खुला भइसकेको अवस्थामा मलिसाले भिडियोमार्फत सम्पूर्णमा आफूलाई भोट गर्न अनुरोध गरेकी छन्।

भिडियाे हेर्नुस्: 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.