पदक र सम्मान

पदक र सम्मान

हरेक वर्ष राष्ट्रले राष्ट्रिय जीवनका विविध पक्षमा महत्र्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गर्ने चलन छ । पहिले राजाको जन्मोत्सवको अवसरमा यो सम्मान घोषणा गरिन्थ्यो, अहिले संविधानसभाबाट जबर्जस्ती र प्रक्रियाविहीन तरिकाबाट राजसंस्था हटाइएको दिन गरिन्छ, गणतन्त्रको नाममा । गणतन्त्रको मौलिक मान्यता जनताको सामूहिक आत्मनिर्णयको अधिकारको सम्मान हो, तर नेपालमा गणतन्त्रको निर्णय गर्दा जनता त्यो अधिकारबाट वञ्चित गरिए । त्यसैले यो विवाद र प्रश्न त्यो बेलासम्म जारी रहनेछ, जबसम्म जनताको त्यो अधिकार एउटा असंवैधानिक सरकारले निरीह बनाइएको संविधानसभा र बाहिरबाट आदेश लिएका नेताहरूले त्यसमा सुधार र समीक्षा गर्ने छैनन् । यो महत्र्वपूर्ण फरक प्रसंग हो ।

अहिलेको विवाद विभूषण वितरण शैली र मरणोपरान्त महान् व्यक्तिहरूलाई 'तक्मा' भिराएर अपमान गर्ने सिलसिलाको निरन्तरतामा केन्द्रित छ । आफ्नै हातमा डाडु-पन्यु लिएको केपी ओली सरकारले गत वर्ष मदन भण्डारीलाई 'नेपाल रत्नपदक प्रदान गर्‍यो । संयोगले यसपटक पदक दिने राष्ट्रपति भण्डारीकी पत्नी र थाप्ने उनकी छोरी परिन् । मदन भण्डारी सम्भवतः विलक्षण राजनीतिक कुशलता र सम्भाव्यता बोकेका व्यक्ति थिए, उनले साम्यवादलाई नेपाली माटो र मुटुसँग गाँस्ने प्रयास गरे र सिद्धान्तविहीनताको राजनीतिबाट टाढिने कोसिस गरे । तर यो सम्भावनालाई अगाडि बढाउने क्रममै उनको रहस्यमय हत्या भयो । एमाले सरकारले त्यो हत्याको छानबिन गर्ने हिम्मत गरेन, तर 'नेपाल रत्न' मरणोपरान्त प्रदान गरेर एउटा विवाद उत्पन्न गर्‍यो ।

के जीवित रहेका भए उनले यो पदक स्विकार्थे होलान् ? अथवा के उनको राजनीतिक अभीष्टबारे एमाले बुझाइ झन्डै ६ दसकको राजनीतिक संघर्ष, आफ्नै गल्ती र असफलताबाट सिक्न सदैव तत्पर रहने र अन्त्यमा आएर राष्ट्रियता र प्रजातन्त्रको सहकार्यबिना नेपालको स्वतन्त्र अस्तित्व सम्भव छैन भन्ने सिद्धान्त प्रतिपादन गर्न सफल बीपी कोइरालालाई पनि 'नेपाल रत्न' द्वारा विभूषित गरिएको छ, भौतिक निधनको ३५ वर्षपछि । यसबीच खासगरी ०६३ यता नेपाली कांग्रेस स्वयंले बीपीको राजनीतिक हत्या र अपमान पटकपटक गरेको छ ।

के राष्ट्रले साँच्चै सम्मान गरेको हो त बीपी र भण्डारीलाई अथवा के यो सम्मानबिना उनीहरूको हैसियत र आदर जनताको नजरमा कम थियो ? अथवा दलीय कोटा या दाम्लोमा उनीहरूलाई मरणोपरान्त बाँधेर कतै उनीहरूलाई अपमानित त गरिएको छैन ? किनकि केही व्यक्तिहरूको फराकिलो व्यक्तित्वलाई भावी पुस्ताका उदार, राष्ट्रवादी र सामाजिक सद्भावमा विश्वास गर्नेहरूले प्रेरणाको रूपमा अनुशरण गर्ने वातावरण नधमिल्याउनु उचित हुनेछ । त्यस्तै दलीय र क्षेत्रीय कोटा सिस्टममा महेन्द्रनारायण निधिदेखि सुशील कोइराला सबैलाई समेटिएको छ ।

सिद्धान्ततः सम्मानित व्यक्तिहरूको छनोट पारदर्शी र उचित पात्रताको आधारमा नगरिएसम्म र सत्ताको उपल्लो तहमा बस्नेहरूले आभूषणमा स्वयं र्‍याल चुहाउने परम्परा नबनेसम्म सम्भवतः राज्यढुकुटीमाथि हरेक वर्ष बोझ नबढाउनु नै विवेकसम्मत कदम हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.