तिब्बतसँग सीमा जोडिएका जिल्लामा गरिवी निवारण गर्न चिनिया सहयोग लिने निर्णय

 तिब्बतसँग सीमा जोडिएका जिल्लामा गरिवी निवारण गर्न चिनिया सहयोग लिने निर्णय

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको गरिवी निवारण कोषले तिब्बतसँग सीमा जोडिएका जिल्लामा गरिवी निवारण कार्यक्रम सञ्चालन गर्न चिनिया सहयोग लिने निर्णय गरेको छ । रसुवा,सिन्धुपाल्चोक,दोलखा,गोरखा,ताप्लेजुङ,मुस्ताङ,हुम्ला,संखुवासभा,मुगु,दार्चुलालगायतका जिल्ला तिब्बतसँग नेपालको सीमाना जोडिएका छन ।

कोष सञ्चालक समितिको मंगलबार सिंहदरवारमा बसेको ६६ औं र ६७ औं बैठकले नेपालका हिमाली तथा नेपाल–तिब्बत सीमा क्षेत्रका जिल्लाहरुमा गरीबी निवारण कार्यक्रम सञ्चालन गर्न चीन सरकार तथा एसियन पूर्वाधार लगानी बैंकलाई परराष्ट्र मन्त्रालयमार्फत् अनुरोध गर्ने निर्णय पनि गरेको हो ।
बैठकले गाउँपालिका र नगरपालिकामा गरीबी निवारण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, कोषलाई बहुउद्देश्यीय र विविधिकरण गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा प्रधानमन्त्री तथा कोषका अध्यक्ष ‘प्रचण्ड’ले कोषको कामलाई औपचारिक दायराबाट माथि उठाएर प्रभावकारी बनाउन र लक्षित वर्गको जीवनस्तरमा परिवर्तनको अनुभूति हुने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभएको छ । बैठकले नेपाल सरकारले आर्थिक वर्ष २०७४÷०७५ मा कोषका लागि बिनियोजन गरेको एक अरब ६८ करोड ७६ लाख ६५ हजार रुपैया बजेटलाई अनुमोदन गरेको छ ।
बैठकले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई सहभागी गराई ‘गरीबी निवारण, व्यवसायिक विकास तथा समृद्धि’ विषयमा प्रदेश स्तरीय गोष्ठी सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसै गरी, बैठकले नारायण कोइराला, विजयनारायण श्रेष्ठ, साधना घिमिरे भेटुवाल, महादेव बडु र विश्व शान्ति विष्टलाई सञ्चालक समितिमा मनोनयन गरेको छ ।
बैठकले कोषको आगामी रणनीति तयार गर्न प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय र अर्थ मन्त्रालयका उपसचिव सदस्य तथा गरीबी निवारण कोषका प्रतिनिधि सदस्य सचिव रहेको एक कार्यदल पनि गठन गरेको छ । कार्यदललाई रणनीतिक प्रतिवेदन तयारीका लागि एक महिनाको समय तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.