नीतिपछिमात्रै बूढीगण्डकी

नीतिपछिमात्रै बूढीगण्डकी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा गर्ने एक दिनअघि अर्थ मन्त्रालयको सहमतिविपरीत बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ‘विवादास्पद' चिनियाँ कम्पनी गेजुवालाई दिलाउन मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । मन्त्रिपरिषद्ले गत बिहीबार गेजुवालाई इन्जिनियरिङ खरिद, निर्माण र लगानी (इपीसी-एफ) मोडेलमा निर्माण गर्न दिन अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयलाई समझदारी पत्र (एमओयू) गर्न सैद्धान्तिक सहमति दिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार ऊर्जा मन्त्रालयलाई मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्राचार गर्दै इपीसी-एफका लागि छुट्टै कार्यविधि र नीति तय गर्न र सम्बद्ध सरोकारवाला निकायसँग छलफल गर्न भनेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ऊर्जालाई अर्थ र कानुन मन्त्रालयसँग समेत छलफल गरेर उनीहरूको राय लिई कार्यविधि र नीति बनाउन भनिएको छ । ‘यो निर्णयअनुसार गेजुवालाई बूढीगण्डकी दिने प्रधानमन्त्रीको चाहना तत्काल पूरा नहुने भएको छ', स्रोतले भन्यो, ‘तत्काल नीति बनाउन सम्भव छैन, व्यापक छलफल हुनुपर्छ ।'

मन्त्रिपरिषद्ले गेजुवालाई इपीसी-एफ मोडेलमा आयोजनाका लागि आवश्यक पर्ने वित्तीय बन्दोबस्तीदेखि निर्माण र सुपरिवेक्षणसम्मको जिम्मा दिन अर्थ र ऊर्जालाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

धादिङ र गोरखामा पर्ने राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी गेजुवाले गत वर्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत हालेको प्रस्तावका भरमा मन्त्रिपरिषद्ले अघि बढाउन गरेको निर्णय आलोचित भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.