आयोगले माग्यो च्यातिएका मतपत्रको रेकर्ड

आयोगले माग्यो च्यातिएका मतपत्रको रेकर्ड


अन्नपूर्ण
काठमाडौं
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा च्यातिएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन त्यहाँका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र केन्द्रबाट खटिएको अनुगमन टोलीले च्यातिएका मतपत्रको यकिन विवरण नदिएकाले मुख्य निर्वाचन अधिकृतसँग विवरण माग गरिएको आयोगले जनाएको छ । जेठ १५ गते मतगणना क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित मतगणनासम्बन्धमा निर्णय गर्न बुधबार बसेको आयोग बैठकले च्यातिएका मतपत्रको संख्या हेरेर अघि बढ्ने निष्कर्ष निकालेको हो ।

‘गणना भएका र गणनाका क्रममा च्यातिएका मतपत्रको स्थिति लेखिपठाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएका छौं', आयुक्त नरेन्द्र दाहालले भन्नुभयो । आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद उपाध्यायको संयोजकत्वमा अनुगमन टोली बनाएर स्थलगत अध्ययनमा पठाएको थियो । तर, टोलीले के कति संख्यामा मतपत्र च्यातिएको हो यकिन विवरण नदिएकाले आयोगले मुख्य निर्वाचन अधिकृतसँग विवरण मागेको जनाएको छ ।‘

०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका, चितवनको मतगणना क्रममा मतपत्र च्यातिएको घटनासम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवनको मिति ०७४।२।१५ को प्रतिवेदन तथा यस आयोगबाट खटिएको अनुगमन टोलीको मिति ०७४।२।१७ को प्रतिवेदन समेतको आधारमा उक्त घटनामा केही मतपत्र च्यातिएको व्यहोरा उल्लेख भएको तर के-कति संख्यामा मतपत्र च्यातिएको यकिन उल्लेख नभएको', आयोगको निर्णयमा उल्लेख छ, ‘गणना भएका तथा गणना क्रममा रहेका मतपत्र जहाँ जे-जस्तो अवस्थामा थिए, सोही अवस्थामा एकै पोको पारी सिलबन्दी गरी राखिएको उल्लेख भई आएको देखिँदा उक्त सिलबन्दी पोको पर्याप्त सुरक्षा व्यवस्थासहित सम्भव भएसम्म भरतपुर महानगरपालिकामा प्रमुख, उपप्रमुख र सम्बन्धित वडाका उम्मेदवार वा निजका एक÷एक जना प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाका क्रममा रहेका मतपत्रमध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका चितवनलाई लेखी पठाउने ।' आयोगले चितवनका सीडीओ, प्रहरी प्रमुख, उम्मेदवारको रोहवरमा सिलबन्दी खोल्न पनि निर्देशन दिएको छ ।

मतगणना गर्न माग गर्दै एमालेद्वारा संसद् अवरोध

एमालेले भरतपुरमा स्थगित मतगणना अविलम्ब सुरु गर्न माग गर्दै संसद् अवरुद्ध गरेको छ । संसद्को बुधबारको बैठकमा एमाले नेता सुरेन्द्र पाण्डेले हार्ने पक्षले मतपत्र च्यात्दै जाने र आयोगले पुनः मतदान गराउँदै जाने हो भने पाँच वर्षमा पनि चुनाव नसकिने तर्क गर्नुभयो । ‘भरतपुरमा अविलम्ब मतगणना नगर्ने हो भने एमालेले सडकबाटै उम्मेदवार विजयी भएको घोषणा गरेर अघि बढ्नेछ', पाण्डेले चेतावनी दिनुभयो, ‘नतिजा प्रभावित पार्ने गरी जुन काम भएको छ, यो जनताको सार्वभौमिकतामाथिको बलात्कार हो ।' एमालेले अवरोध गरेपछि संसद् बैठक बिहीबारसम्मका लागि स्थगन भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.