राष्ट्रिय खेललाई बजेटको अभाव हुँदैन

राष्ट्रिय खेललाई बजेटको अभाव हुँदैन

काठमाडौं :  युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले राष्ट्रिय खेल भलिबललाई बजेटको अभाव नहुने बताउनु भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको अवसरमा नेपाल भलिबल संघद्वारा आयोजित बधाई तथा कृतज्ञताज्ञापन कार्यक्रममा मन्त्री श्रीपाइलीले हालै सार्वजनिक भएको आर्थिक वर्ष २०७४/०७५ को बजेट मन्तव्यमा भलिबल खेल सम्बोधन नभए पनि राष्ट्रिय खेललाई बजेटको अभाव नहुने बताउनु भयो ।

‘भलिबल राष्ट्रिय खेल घोषणा हुँदा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको थियो । त्यही कारण राष्ट्रिय खेलले बजेट वक्तव्यमा स्थान पाउन सकेन । तर भलिबलका लागि बजेट अभाव हुँदैन' मन्त्री श्रीपाइलीले भने ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले राष्ट्रिय खेल घोषणा भएपछि अवसरसँगै चुनौती पनि थपिएकाले भलिबल संघ, राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले समन्वय गरेर अगाडि बढेमात्र भलिबलको विकास हुने बताउनु भयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सबैको प्रयासबाट मात्रै राष्ट्रिय खेल भलिबललाई उचाइमा पुर्‍याउन सकिने बताउनु भयो । कार्यक्रममा भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न सहयोग पुर्‍याउने मन्त्री, सचिव र सदस्यसचिवलगायतलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले खेलाडी कल्याणका लागि अक्षयकोष स्थापना गर्न १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नु भएको थियो । कार्यक्रममा मन्त्रालयका प्रतिनिधि, परिषद्का पदाधिकारी तथा कर्मचारी, राष्ट्रिय खेलाडी, विभिन्न संघका पदाधिकारी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.