गर्मीमा केटाको फेसन

 गर्मीमा केटाको फेसन

'फेसन केटीको मात्र हुन्छ?'प्रश्नको धेरैले सहजै दिने जवाफ हो 'हुँदैन।' केटाको फेसन हुन्छ र हुँदैन भन्ने कुरामा बहस आवश्य छैन। फेसनले कहिल्यै पनि लिंग पहिचान गर्दैन। तर, बजार घुम्ने हो भने केटीको फेसन अगाडि केटाको फेसन अवश्य छायामा पर्छ। छायामा परे पनि केटाको फेसन पनि गुमनाम छैन। फेसन दुनियाँलाई खोज्दै जाने हो भने केटाहरूको फेसनको छुट्टै संसार छ।

मौसमअनुसार केटाहरूको पनि फेसन हुन्छ। यद्यपि, हाम्रो देशमा युवा पुस्ताले फेसनलाई उद्योग र व्यवसायकै रूपमा उल्लेख्य मात्रमा प्रयोग गरेको देखिँदैन। समय परिवर्तनसँगै कपडामा केटाहरूको फेसन अनेक देखिन्छ।

बजारमा युवा पुस्ताको चाहनाअनुसारकै फेसन सुहाउँदा कपडा किन्न पाइन्छ। केटाहरूको जिन्स फेसनमा ग्रन्चले खुब प्राथमिकता पाएको देखिन्छ। ग्रन्चसँगै बुटकट, बेली, चुज, स्ट्रेट, वास, डट्टीवास फेसन रोजाइमा हुन्छ। फेसनमा पनि ब्रान्ड र नन ब्रान्डेड कपडा विशेष मानिन्छन्। फेसनमा सर्ट, पाइन्टभन्दा पनि युवा पुस्तामा टिसर्ट विशेष हुन्छ।

औपचारिक पोसाकमा भन्दा पनि अनौपचारिक पोसाकमा फेसनको दुनियाँ बढी रमाएको देखिन्छ। फेसन डिजाइनर सुजन पन्थीको आफ्नै फेसन छ। उहाँ गर्मी मौसममा मात्र होइन, कहिल्यै मोजा लगाउनुहुन्न। 'सक्सचाहिँ कहिल्यै लगाउँदिनँ', पन्थी भन्नुहुन्छ, 'मेरो रोजाइ टिसर्ट र क्वाटर पाइन्ट नै हो।' गर्मी मौसममा घामबाट बच्न क्याप पनि आवश्यक हुन्छ। क्यापले फेसनलाई मद्दत गर्छ। क्याप पनि फेसन अनुसारकै हुन्छन्।

पन्थीका अनुसार गर्मी मौसममा टिसर्ट, हाफ सर्ट, लेनिन सर्ट, टङटप्स बढी प्रयोगमा हुन्छन्। यो मौसममा जिन्सभन्दा धेरैको रोजाइ कटनको हुन्छ। पछिल्ला दिनमा ट्राउजर पनि गर्मी मौसमको फेसन बन्दै गएको छ। 'पहिला पहिला ट्राउजर घरमा बस्दा मात्र लाउने चलन थियो', डिजाइनर पन्थी भन्नुहुन्छ, 'अहिले ट्राउजर पनि फेसन भएको छ, घुम्न जाँदा पनि आकर्षक चस्मा लाउने स्पोर्टस जुस लाउने र ट्राउजर लगाएर हिँड्ने जमात ठूलै छ।'

धेरै केटाले बुट्टेदार हाफपेन्ट रुचाउँछन्। त्यसमा पनि रंगीचंगी र लामालामा धर्का भएको बढी प्रयोग हुन्छ। टिसर्ट, हाफपेन्ट लगाएपछि केटाहरू जुत्ताभन्दा स्यान्डलमा ठाँटिन रुचाउँछन्। डिजाइनर पन्थी भन्नुहुन्छ, 'स्यान्डल, टम्स, लोफडमा आकर्षण छ।' टम्स आइटमको जुत्तामा लेस हुँदैन भने लोफडमा भने कुनैमा लेस हुन्छ कुनैमा हुँदैन।

लोफड जुत्ता टम्सभन्दा फरमल देखिन्छ। गर्मी मौसमको पहिलो रोजाइचाहिँ सेतो टिसर्टमै हुन्छ। त्यससँगै स्काई ब्लुमा समेत धेरैको रुचि देखिन्छ। अब यसमा आफ्नो रोजाइले पनि महत्व राख्छ। फेसन डिजाइनर आस्तिक शेरचनको गर्मी मौसमको बेस्ट रोजाइ सेतो कलर नै हो। लाइट कलर नै बढी प्रयोग हुन्छ', शेरचन भन्नुहुन्छ, 'टिसर्टमा सेतो, लेनिन ट्राउजर र लेनिन ज्याकेटमै सहज हुन्छ।'

कतिपयले फेसनलाई खुब प्राथमिकता दिए पनि कतिपयले भने फेसनलाई पूरै बेवास्ता गर्छन्। तर, व्यक्तित्व विकासका लागि फेसनलाई धेरैले फलो गर्छन्। फेसनको दुनियाँमा रमाउनेहरू फेसनविना बाँच्नै नसक्ने बताउँछन्।

फेसनसँगै दोडिन आर्थिक पाटो महत्वपूर्ण हुन्छ। दैनिक फेसनमा बाँच्न चाहनेहरूका लागि आर्थिक पाटोको पनि साथ चाहिन्छ। फेरिएको मौसमसँगै बजारमा आएको फेसनलाई फलो गर्ने हैसियत धेरै नेपालीसँग छैन। यद्यपि, आर्थिक रूपमा अब्बल परिवारका युवामै फेसनको मोह बढी देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.