श्रीमान-श्रीमती एउटै कोठामा मृत भेटिएः श्रीमान झुण्डिए, श्रीमतीद्वारा विषसेवन

श्रीमान-श्रीमती एउटै कोठामा मृत भेटिएः श्रीमान झुण्डिए, श्रीमतीद्वारा विषसेवन

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटको सिकारीटारस्थित एक घरमा बिहीबार श्रीमान श्रीमती मृत अवस्थामा फेला फरेका छन्।

स्थानीयको घरमा कोठा भाडा लिएर बस्दै आएका ओखलढुंगा लिखु गाउँपालिका ९ पोकली बस्ने २० वर्षीय लोकबहादुर तामाङ र उनकी श्रीमती २० वर्षकै आशिका भन्ने बालकुमारी बस्नेत मृत अवस्थामा फेला परेका हुन्।

महानगरीय प्रहरी पसिर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले श्रीमान तामाङ पंखा झुण्ड्याउने हुकमा सलको पासो लगाई झुण्डिएको र श्रीमती बस्नेत खाटमा मृत लडेको अवस्थामा भेटिएको जानकारी दिनुभयो।

उहाँका अनुसार खाटमा मृत भेटिएकी बस्नेतको मुखबाट फिज आइरहेको थियो। साथै प्रहरीले घटनास्थलबाट विषको बट्टासमेत फेला पारेकोले बस्नेतले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

पहिले श्रीमानले झुण्डिएर आत्महत्या गरेपछि श्रीमतीले पनि विष सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ। घटना घटेको कोठा सङ्लो अवस्था भेटिएकाले पनि प्रहरीले घटना आत्महत्या नै भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ।

‘घटनास्थलमा अरु कुनै शंकास्पद अवस्था भेटिएन’, प्रहरी नायब उपरीक्षक प्रसाईंले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धानको क्रममा घटना आत्महत्या देखिन्छ।’

भित्रबाट चुकुल लगाएको अवस्थामा प्रहरीले चुकुल फोडेर कोठाभित्र प्रवेश गरेको थियो। घटनास्थलमा प्रहरीले सुसाइड नोटसमेत फेला पारेको बताइएको छ।

स्थानीयका अनुसार श्रीमानश्रीमतीबीच सामान्य मनमुटाव हुने गथ्र्यो तर यसरी ज्यानै जाने गरी होला भन्ने कसैले सोचेका थिएनन्। दैनिक ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै आएका उनीहरु बिहीबार बिहान अबेरसम्म पनि बाहिर नआएको नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयको खबर पाउनेबित्तिकै महानगरीय प्रहरी वृत्त ठिमीबाट प्रहरी घटनास्थल पुगेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिनुभयो।

उहाँका अनुसार मृतक श्रीमानश्रीमतीको शव पोस्टमार्टमको लागि काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.