महेन्द्र राजमार्ग सबैतिर चार लेनको बन्ने!

महेन्द्र राजमार्ग सबैतिर चार लेनको बन्ने!

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग पूरै चार लेनको बनाउन दातृ निकायसँग सहकार्य भइरहेको बताउनुभएको छ । आफ्नो १० महिने कार्यकालको समीक्षा गर्दै बिहीबार मन्त्री लेखकले सडकका एक दर्जन आयोजनालाई गति दिइएको दाबी गर्नुभएको छ ।

उहाँले आफ्नो कार्यकालयमा भएको प्रगतिमा महेन्द्र राजमार्गको नारायणगढ-बुटवलसम्मको एक सय १५ किलोमिटर सडक र भैरहवा-लुम्बीनी हुँदै तौलिहवासम्मको ४१ किलोमिटर सडक स्तरोन्नति एसियाली विकास बैंक (एडीबी)को सहयोगमा भइरहेको जानकारी दिनुभयो । यो सडकको पूरै खण्ड चार लेन बनाउने योजना छ । सरकारले एडीबीसँग ठूलो ऋण लिएर भए पनि सडक विस्तार गर्ने उहाँले बताउनुभयो । एडीबी पनि नेपालमा ऋण लगानी गरेर यो मार्ग विस्तार गर्न सकारात्मक रहेको उहाँको भनाइ छ ।

मुग्लिङ-नारायणगढ सडक, मुग्लिन-काठमाडौं सडक, पूर्व—पश्चिम राजमार्गको स्तारोन्नतीदेखि हुलकी राजगर्मा निर्माणले लिएको गति, द्रुतमार्ग निर्माण प्रक्रिया अगाडि बढेको, मध्यपहाडी लोकमार्ग अगाडि बढाइएको मन्त्री लेखकले जानकारी दिनुभयो । उहाँले उत्तर-दक्षिण करिडोरलाई प्राथमिकता दिइएको, चीनसँगको सहकार्यमा नेपाललाई सडक र रेलमार्गको पहुँच बनाउने प्रयास भएको, उच्च पहाडी हिमाली लोकमार्ग, नागढुंगा सुरुङमार्ग निर्माणसहितका योजना अगाडि बढनु आफ्नो कार्यकालको सफलता भएको दाबी गर्नुभयो ।

नारायणगढ-बुटवल सडकखण्ड स्तरोन्नति गर्न १६ अर्ब र भैरहवादेखि लुम्बिनीसम्मको सडकका निम्ति दुई अर्ब गरी एडीबीको कुल १८ अर्ब रुपैयाँ खर्च गरिनेछ । नेपाल सरकारले त्यो रकमको मूल्य अभिवृद्धि कर मात्रै तिर्ने हो । एडीबीसँग महेन्द्र राजमार्गको स्तरोन्नति गर्न थप आर्थिक सहायता खोजिरहेको भौतिक मन्त्रालयको भनाइ छ ।

मन्त्री लेखकका अनुसार नेपालको भौतिक विकासको प्रमुख अवरोध समयमा काम नहुनु र गुणस्तर कम हुनु भएको बताउनुभयो ।

भौतिक प्रगति ६० प्रतिशत

भौतिक मन्त्रालय अन्तर्गत सडक विभागको चालू आवको दोस्रो चौमाससम्मा ६० प्रतिशत भौतिक प्रगति भएको छ । यो अवधिमा वित्तीय प्रगति भने ४५ प्रतिशत भएको मन्त्रालयको दाबी छ । मन्त्री लेखकले यातायात क्षेत्रमा अधिक समस्या रहको भए पनि यो क्षेत्रले राजस्वमा वार्षिक २१ अर्ब रुपैयाँको योगदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.