अन्याय र यातना

अन्याय र यातना

'कानुनको नजरमा सबै समान हुन्छन्' भन्ने मौलिक मान्यता हरेक प्रजातान्त्रिक र कानुनमा आधारित राज्य व्यवस्थामा हुन्छ । नागरिकका हक बहुजन हित र ठूलो कारणको लागि कानुनद्वारा नियन्त्रित र केही समयको लागि निलम्बित गर्न सकिन्छ, यद्यपि हरेक नागरिकसँग त्यस्ता निषेध या कानुनलाई अदालतमा चुनौती दिने अधिकार सुरक्षित हुन्छ । तर बहुजन हिताय या बृहत् हितको लागि कसैको अधिकार कुण्ठित गर्दा पनि 'कानुनको नजरमा सबै समान छन्' भन्ने मान्यताविपरीत राज्य जान सक्दैन ।

नयाँ वर्ष (विसं) देखि कार्यान्वयन हुने गरी सरकारले ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सबै खालका वाहनले हर्न बजाउन नपाउने आदेश जारी गर्‍यो । अधिकांशले त्यसको पालना गरेका छन्, तर सरकारले त्यसमा कानुनको केन्द्रीय मर्मको थिचोमिचो गरेको छ । हरेक वाहनलाई हर्न निषेध गर्दा पनि उसले अति विशिष्ट व्यक्तिहरूको आवतजावतमा साइरन निषेध गरेको छैन । साइरनले 'हर्न' भन्दा बढी नै हल्ला मच्चाउँछ, तर राज्यले व्यवहारतः विशिष्ट व्यक्तिहरूलाई कानुनभन्दा माथिको हैसियतमा राखेको छ व्यवहारमा, आपत्तिजनक तरिकाले ।

खासगरी सर्वोच्च अदालतमा च्याउ उम्रेजसरी बढेका सार्वजनिक सरोकारका नाममा मुद्दा हाल्नेहरू कुनै आग्रह र अदालतसँगको साँठगाँठमा त्यसो गर्न थालेको देखिएको छ, हालैका केही महत्र्वपूर्ण राजनीतिक सन्देश बोकेका मामिला हेर्दा । तर तीमध्ये कसैले पनि आम नागरिक र विशिष्ट व्यक्तिप्रति राज्यले गरेको भेदभावलाई अदालतमा चुनौती दिएको छैन ।

'हर्न निषेध' निर्णय कार्यान्वयनमा प्रहरी सक्रियता बढेको छ, देखिने गरी । स्वाभाविक पनि हो त्यो । आदेशपालनको लागि उनीहरू त्यहाँ छन् । न्याय र विवेक प्रयोग गर्ने छुट हुँदैन उनीहरूलाई, किनकि आदेश र कानुनको पालनामा खटिएका हुन्छन् उनीहरू । त्यही आदेश र कानुनकै कारण उनीहरू 'साइरन' हल्ला नरोक्न विवश हुन्छन् । अहिले प्रहरीको सडक सक्रियताकै कारण 'जेब्रा क्रसिङ' बाहेक अन्य ठाउँबाट सडक काट्नेहरू गिरफ्तार हुने क्रम बढ्दो छ ।

अस्पतालका कुरुवाहरू प्रहरी ठानामा पुगेका छन्, गल्ती ठाउँबाट बाटो काटेको आरोपमा । कानुन र आदेशको पालना व्यवस्थित समाजको पूर्वसर्त हो, तर राज्यको असफलताको दण्डको भागी सामान्य नागरिकलाई बनाउनु राज्यबाट हुने अर्को अपराध हो । कति न्यूनतम दूरीमा 'जेब्रा क्रसिङ' या 'ओभर हेड ब्रिज' हुनुपर्छ, त्यसबारे सरकारको नीति के र ती सुविधाबाट वञ्चित नागरिक बाटो काट्न कति टाढा जानुपर्ने ? सम्भवतः यो प्रहरी र नगरपालिकासँगै योजना आयोग तथा सरकारले पनि स्पष्ट पार्नुपर्ने विषय हो ।

नियम र आदेशपालन हुनुपर्छ, तर अतिशयोक्ति, अव्यावहारिक र अन्यायपूर्ण तरिकाले हैन । 'हर्न निषेध' आदेश जनताले जुन रूपमा स्वीकार गरिरहेका छन्, अहिले 'साइरन संस्कृति' को निरन्तरताकै बीचमा पनि त्यो आफैंमा सराहनीय र न्यायप्रति जनताको सम्मानको सूचक हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.