प्रहरी जवानद्वारा गाउँमै पुगेर महिलामाथि कुटपिट

प्रहरी जवानद्वारा गाउँमै पुगेर महिलामाथि कुटपिट

गमगढी: छाँयानाथ रारा नगरपालिका-७ निवासी एक महिलालाई प्रहरी जवानले कुटपिट गरेका छन्। २३ बर्षीया पुनिता शाहीलाई रारा बिमान स्थलको सुरक्षार्थ खटिएका एक महिला र एक पुरुष प्रहरी जवानले आईतबार कुटपिट गरेका हुन।

शनिबार छिमेकी विद्या मल्लसँग घरायसी झगडा भएपछि आफन्त र अन्य गाँउलेको आग्रहमा आईतबार पुनिता र विद्याले प्रहरी चौकी पिनामा पुगि मिलापत्र गरेका थिए। रारा बिमानस्थलमा कार्यरत शिविलमा गाँउमै पुगेका महिला प्रहरी सुनिता नगरकोटी र यम लाल अधिकारीले पिडित पुनितालाई कपाल लुछी दाउराले कुटपटि गरेको पीडितका आफन्त कर्ण जङ्ग शाहीले बताउनुभयो।

आफू र आफनो छिमेकिको झगडा मिलापत्र भईसकेको र अन्य गाँउले महिलासँग बादबिवा हुदै गरेका बेला एक पक्षीयरुपमा दुबै प्रहरी जवानले आफूलाई कपाल लुच्दै दाउराले कुटपिट गरी दाँया गालामा रगत आउने गरी कुटपिट गरेपछी बिनाकरण आफु लाई कुटपटि गरेपछी न्यायको लागी जिल्ला प्रहरी कार्यालयमा आएको पीडित शाहीले बताउनुभयो।

टाँउको, ढाड र छातिमा चोट लागेको भन्दै पिडित शाही लाई आफन्तले जिल्ला अस्पतालमा उपचार गराईरहेका छन। पीडितले आफना प्रहरी जवानले कुटपिट गरेको भनी प्रहरी कार्यालयमा मौखिक जानकारी दिएपछी घटनमा संलग्न भनिएका दुबै जना प्रहरी पिडित पक्षका आफन्त लाई बोलाई सोधपुछ गराई रहेको र बिनाकारण कुटपिट गरेको भए आबशयक कार्बाही गरी जिल्ला प्रहरी कार्यालयका डिएस्पि शारदा प्रसाद चौधरीले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.