पहिलो चुनौती

पहिलो चुनौती

 

सरकारको नेतृत्व लिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले केही संकल्प र प्रतिबद्धता दोहोर्‍याउनुभएको छ । दोस्रो चरणको स्थानीय निर्वाचन निर्धारित समयमै संविधानले निर्देशित गरेको माघ ७ को म्यादभित्र प्रान्तीय र संघीय संसद्को निर्वाचन सम्पन्न गर्ने, मधसी समूह खासगरी राष्ट्रिय जनता पार्टीलाई चुनावमा संलग्न गराउने र आर्थिक समृद्धि र निर्माण अभियानलाई तीव्रता दिने प्रतिबद्धता उहाँको व्यक्तिगत बाध्यता मात्र होइन, यो संविधानलाई अपनाएका सबै शक्तिको बाध्यता र दायित्व हो ।

देउवाको उम्मेदवारीलाई संसद्मा समर्थन जनाएर राजपाले समेत संविधानको बहिष्कार फिर्ता लिएको र लगत्तै हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने संकेत पनि दिएको थियो । यसकै सेरोफेरोमा कांग्रेस-माओवादीका शीर्ष नेतृत्वसँगको वार्तामा राजपाले चुनावमा जाने संकेत दिएपछि पार्टी दर्ता र चुनावी प्रक्रियाको पूर्वनिधारित मितिहरू हेरफेर गर्न निर्वाचन आयोग सहमत भएपछि सरकारले निर्वाचन ऐनलाई समेत संशोधन गरेको हो । तर यता आएर राजपाले ऐन हैन, संविधान नै तत्काल संशोधन गर्नुपर्छ भन्ने अडान लिएपछि सरकारको लागि टाउको दुखाइको विषय भएको छ यो ।

पूर्वका गल्ती र असावधानी फेरि दोहोर्‍याएका छन् सरकार र सत्ताधारी ठूला दलहरूले । असन्तुष्ट पक्ष या मधेस समूहसँग लिखित प्रतिबद्धता नगराई एकतर्फी रूपमा उनीहरूका केही माग सम्बोधन गरिरहने, यसलाई संसद्मा समेत अगाडि बढाउने र त्यसलाई अस्वीकार गर्ने निर्णायक अधिकार असन्तुष्ट पक्षलाई नै दिइरहने प्रवृत्तिले सरकारको क्षमता र विश्वसनीयता दुवै प्रश्नचिन्हको घेरामा आइरहनेछन् । अहिले त्यही दोहोरिने खतरा बढेको छ । किनकि राजपाले संविधान संशोधन नभएर स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने अडान लिएको छ, संविधान संशोधन नभएको खण्डमा । देउवाले पटक-पटक निर्वाचनपूर्व संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

सरकारको बुझाइ र राजपाको अडानमा किन अन्तर देखा पर्‍यो ? भारतीय राजदूत राजपालाई चुनावमा जान सुझाव दिएका छन्, तर सामान्यतया राजपाले त्यसको अवज्ञा गरेको पाइएको छैन । तर यसपटकको राजपा अडानले के राजदूत र दूतावासको अडान एउटै छ त, राजपाको निर्वाचनमा सहभागिताबारे ? राजपाले बहिष्कार गरेमा चुनाव गराउँछ कि गराउँदैन सरकारले ? उसको सहभागिताबिनाको चुनावले के अर्थ राख्छ, यसबारे समेत प्रधानमन्त्री, सत्ता गठबन्धन र अन्य दलहरू उचित विश्लेषण र वस्तुनिष्ठ निष्कर्षमा पुग्नु आवश्यक छ, ढिलो हुनुभन्दा पहिला नै ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.