उद्योगीका नेता मेयरका उम्मेदवार

उद्योगीका नेता मेयरका उम्मेदवार

नवलपरासी: उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष भरत थापा अहिले नवलपरासी सुनवल नगरपालिकाको मेयर पदको उम्मेदवार हुनुहुन्छ । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार बन्नु भएका थापाको प्रमुख ऐजेण्डा आर्थिक समृद्धिमार्फत् नगरको विकास गर्ने छ । महिलाहरु व्यवसायी नबनेसम्म नगरको विकास नहुने भन्दै निर्वाहामुखी व्यवसाय नभई दिर्घकालिन योजनासहितका कार्यक्रम मार्फत् आर्थिक विकासमा आफू सक्रिय रहने थापाको भनाई छ ।

रामनगर, स्वाठी र सुनवल समावेश गरेर गठन भएको सुनवललाई आर्थिक विकासमार्फत् पहिलो चरणमा पश्चिमाञ्चल मै नमूना नगरपालिका बनाउने थापाको चुनावी प्रतिबद्धता छ । नेपाल मै पहिलो बालमैत्री नगर घोषणा भएको सुनवललाई महिला मैत्री बनाउँदै क्रमश ः नेपालमै नमुना नगरपालिका बनाउने योजना थापाको छ ।

राजनीतिमा खासै रुची नराख्ने थापा पछिल्लो पटक आर्थिक विकासका लागि राजनीति पनि आवश्यक रहेका महशुस गरेर विगत आठ वर्षदेखि उद्योग र व्यवसायीसँगै राजनीतिलाई पनि अघि बढाउन थालेको बताउनुहुन्छ । २०४८ सालमा नेविसंघबाट राजनीति शुरु गर्नुभएका थापा धेरै वर्ष उद्योग सञ्चालनमै व्यस्त रहनुभयो । उद्योग र व्यवसायसँगै सामाजिक क्षेत्रमा लाग्न थालेपछि थापाले राजनीतिमा पनि रुची बढेको बताउनुभयो ।
नीति निर्माणमा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व नभएसम्म आर्थिक ऐजेण्डाले प्राथमिकता नपाउने र विकासले गति लिन नसक्ने भन्दै थापा २०६६ सालदेखि कांग्रेसको राजनीतमा सक्रिय हुन थाल्नु भएको हो ।

महासमिति सदस्यहुँदै कांग्रेसमा क्रियाशिल हुन थाल्नु भएका थापा उद्योग वाणिज्य संघ नवलपरासीको उपाध्यक्षहुँदै अहिले अध्यक्ष हुनुहुन्छ । उद्योगीहरुबीच पनि लोकप्रिय भएकै कारण दुई महिना अघि सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उहाँलाई नेपालका उद्योगीहरुले निर्विरोध निर्वाचति गरे ।

थापाका तिरुपति टायर उद्योग, मैदा उद्योग, रबर उद्योग, पेट्रोल पम्पहरुलगायत १० बढी उद्योगहरु छन् । छोटो समयमा सामाजिक क्षेत्रसँगै सफल उद्योगीको रुपमा स्थापित हुन सफल भएपछि पार्टीले पाँच जना आकांक्षी उम्मेदवारमध्ये थापालाई चयन गरेको हो । छोटो समयमा सामाजिक कार्य र आफ्नै लगानीमा विकास निर्माणका काम गरेर लोकप्रियता कमाएपछि कांग्रेसमा लामो समयदेखि राजनीति गर्ने र पाका नेताहरुलाई पछि पार्दै ४६ वर्षिय थापालाई पार्टीले टिकट दिन बाध्य भएको हो ।

पार्टीले ‘हाम्रालाई भन्दा पनि राम्रा’लाई टिकट दिने नीति लिएकाले थापा हाम्रा (पार्टीमा लगनशिल) र राम्रा (चुनाव जित्न सक्ने) दुबै रुपमा योग्य भएकाले टिकट पाएको कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले बताउनुभयो ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.