एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोको सेयर कारोबारमा रोक

एभरेष्ट इन्स्योरेन्स र नेशनल हाइड्रोको सेयर कारोबारमा रोक

काठमाडौं : नेपाल धितोपत्र बोर्डले गोप्य सूचना चुहाएको भन्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । मंगलबार बोर्डको पत्र पाएपछि नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हो । धितोपत्र बोर्डको छानबिन नटुगिंदासम्म सेयर कारोबार नखुल्ने नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

कम्पनीले बोनस, हकप्रद जारी हुनु अर्थात साधारणसभा हुनु अघि संवेदशील सूचना पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिएको थियो र नेप्सेले सोही अनुरुप मंगलबार उक्त कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

६ वर्षपछि साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र ६ सय प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको छ । उक्त सूचना सार्वजनिक हुनु पहिले नै बजारमा चुहावट भएको हो । गोप्य सूचना चुहाएर सेयरको मूल्य बढाएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि बोर्डद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । साधारण सभाको प्रस्ताव आउनु पहिले नै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य दुई हजार ६ सय रुपैंयाको हाराहारीमा पुगेको थियो ।

साथै बोर्डले नेशनल हाइड्रो पावर कम्पनीको सेयर कारोबारमा समेत मंगलबार बन्द गरेको छ । कम्पनीको संचालक र कार्यकारी प्रमुखले गरेको निर्णयहरूको आधिकारिता सम्वन्धमा विवाद रहेको र उक्त कम्पनीको पदाधिकारीको आधिकारिकता सम्वन्धमा विवाद रहेको अवस्थामा धितोपत्र कारोवार हुँदा लगानीकर्ताको हकहितमा प्रतिकूल प्रभाव पर्ने हुँदा बार्डले सेयर कारोबार स्थगन गर्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.