चौरपाटी गाउँपालिकामा १ मतले एमाले विजयी

चौरपाटी गाउँपालिकामा १ मतले एमाले विजयी

मंगलसेन : अछामको चौरपाटी गाउँपालिकामा प्रमुख पदमा १ मतले एमाले विजय भएको छ। उपप्रमुखमा भने नेपाली कांग्रेसका उम्मेदवार ७२ मतले विजय भएका छन्। एमालेका प्रमुख पदका उम्मेदवार हर्कबहादुर साउदले ३ हजार १ सय ३८ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका भीमबहादुर साउदले ३ हजार १ सय ३७ मत प्राप्त गर्नु भएको छ।

उप प्रमुखमा नेपाली कांग्रेसकी माया कुँवरले ३ हजार १ सय ७३ र एमालेकी उम्मेदवार सुशीला बोगटीले ३ हजार १ सय १ मत प्राप्त गर्नु भएको छ।

पूर्व सभासद् समते रहनु भएका एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुँवरको वडा नम्बर ४ पायलमा धाँदलीपूर्ण ढंगले मतदान भएको भन्दै कांग्रेस र माओवादीले मतदान प्रक्रिया नै रद्द गर्न माग गरेर लिखित निवेदन दिएका थिए । यद्यपी निर्वाचन आयोगले मत गणना गर्न आदेश दिएपछि शनिबारबाट मात्र मतगणना सुरु भएको थियो।

६ वटा वडा रहेको चौरपाटीमा एमाले र कांग्रेसले ३–३ वडा जितेका छन्। एक मतको मात्र अन्तर भएपछि पुनः मतगणना गर्नुपर्ने माग गरेपछि निर्वाचन अधिकृतले पुन मतगणना गर्न नसकिने भन्दै अदालत जान भनेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.