त्रिविको चरम लापरबाही : १९५ उत्तरपुस्तिका नै हराए

त्रिविको चरम लापरबाही : १९५ उत्तरपुस्तिका नै हराए

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षा दिएका एक सय ९५ जना परीक्षार्थीको उत्तरपुस्तिका हराइदिएको छ । धोबीचौरस्थित पब्लिक युथ क्याम्पसमा एमबीएस प्रथम वर्षको परीक्षा दिएका एकाउन्टिङ विषयको उत्तरपुस्तिका हराएको हो । चैतमा परीक्षामा सम्मिलित तीन सय परीक्षार्थीमध्ये एक सय ९५ जनाको नतिजामा अनुपस्थित आएपछि यसको रहस्य खुलेको हो । उनीहरूको नतिजा गत साता सार्वजनिक भएको थियो ।

नतिजामा अनुपस्थित आएको घटनालाई परीक्षा नियन्त्रण कार्यालयले सुरुमा गोप्य राखेर परीक्षार्थीलाई परीक्षामा हाजिर नगरेका कारण अनुपस्थित आएको र फेरि परीक्षा दिनुपर्ने बताएको थियो । कार्यालयले परीक्षामा हाजिर नै नगरेको दाबी गरे पनि क्याम्पसले परीक्षा केन्द्र रहेको बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजमा गएर विद्यार्थीको हाजिरीको प्रतिलिपि पेस गरेको थियो । हाजिरीको प्रतिलिपि पेस गर्दै नतिजा प्रकाशन गरिदिन कार्यालयलाई दबाब दिएपछि मात्र उत्तरपुस्तिका हराएको पनिकाले पुष्टि गरेको हो ।

क्याम्पसका एक प्राध्यापकले भने, ‘सुरुमा पनिकाले हामीलाई विभिन्न वहाना बनाउँदै परीक्षार्थीले हाजिर नगरेको कारण नतिजा नआएको दाबी गर्‍यो । तर, हाजिरीको प्रतिलिपि देखाएपछि बाध्य भएर उत्तरपुस्तिका हराएको हुन सक्ने भनेर स्विकार्‍यो ।' विश्वविद्यालयजस्तो गरिमा बोकेको संस्थाले उत्तरपुस्तिका परीक्षणमा लापरवाही गर्दा विद्यार्थीको भविष्य नै संकटम परेको छ ।

क्याम्पसका सहायक प्रमुख बलराम थापाले भन्नुभयो, ‘विद्यार्थी हाम्रो नतिजा खोइ भन्दै बारम्बार हामीलाई दबाब दिन्छन् । क्याम्पस तोडफोड गर्छौ, प्राध्यापक सबैलाई क्याम्पसमा थुनिदिन्छौं भन्छन् । तर, गल्ती हामीले गरेका होइनौं । उनीहरूलाई चित्त बुझाउन निकै कठिन भएको छ ।' नतिजामा अनुपस्थित आएको विषयमा आइतबार विद्यार्थी र परीक्षा नियन्त्रकसँग छलफल भएको थियो । नतिजामा अनुपस्थित आएकामध्ये एक विद्यार्थी प्रथम गुरुङले भन्नुभयो, ‘त्रिविले बारम्बार यस्तो गल्ती गर्छ । तर, गल्ती गर्नेलाई सामान्य कारबाही गरेर छाडिदिन्छ । जसको मारमा विद्यार्थी परेका छन् ।'

परीक्षामा सम्मिलित तीन सय परीक्षार्थीमध्ये एक सय ९५ जनाको नतिजामा अनुपस्थित आएपछि उत्तरपुस्तिका हराएको रहस्य खुलेको हो ।

कसले गल्ती गर्‍यो र किन गर्‍यो भन्ने विषयमा कार्यालयले स्पष्ट सूचना नदिएसम्म परीक्षामा नबस्ने चेतावनी विद्यार्थीले दिएका छन् । गुरुङले भन्नुभयो, ‘हामी त परीक्षामा बसौंला कुनै समस्या भएन । तर, यस्तो घटना बारम्बार किन दोहोरिन्छ ? यसको विषयमा त्रिविले स्पष्ट पार्नुपर्छ । किनभने त्रिवि सुधार्ने दायित्व हाम्रो पनि हो ।'

परीक्षा नियन्त्रक पुष्पराज जोशीले उत्तरपुस्तिक हराएको विषयमा गम्भीर अध्ययन गरेर दोषीलाई कारबाही गरिने बताउनुभयो । ‘नहुने गल्ती भइहाल्यो । अब विद्यार्थीलाई समस्या नपर्ने गरी परीक्षा सञ्चालन गर्छौं । दोषीलाई पनि हदैसम्मको कारबाही गर्छौं', जोशीले भन्नुभयो ।

तर, उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्ने व्यक्तिको नाम भने कार्यालयले गोप्य राखेको छ । अध्ययनकै क्रममा रहेका कारण कसले उत्तरपुस्तिका परीक्षण गरेको भन्ने स्पष्ट नभएको जोशीको भनाइ छ । उत्तरपुस्तिका परीक्षणको क्रममा हराएको घटना यो नौलो भने होइन । गत वर्ष पनि स्नातक तहअन्तर्गत बीएडमा अध्ययनरत परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणका क्रममा हराएपछि पुनः परीक्षा लिइएको थियो । त्यतिखेर उत्तरपुस्तिका हराउने नेपाली विषयका प्राध्यापक ब्रतराज आचार्यलाई सामान्य स्पष्टीकरण मात्र सोधिएको थियो ।

त्रिविकै एक प्राध्यापकले भने, ‘उत्तरपुस्तिका परीक्षण गर्ने प्राध्यापकले कापीको पोको घरको कुनामा थन्क्याएका हुन्छन् उनैलाई थाहा हुँदैन । परीक्षणमा पनि कुनै गम्भीरता देखिँदैन । अहिलेको घटना यही लापरबाहीको परिणाम हो ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.