काठ मिस्त्रीले गरे ९ बर्षीया बालिकाको बलत्कार
बर्दिबास : काठ मिस्त्रीले महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थानकी ९ वर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा पक्राउ परेका छन्। बालिका बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका १२ लक्ष्मीनियाका ४० वर्षीय राम नरेश शर्मालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका शर्मामाथि जर्बजस्ती करणीको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नवराज लम्सालले जानकारी दिनुभयो।
आरोपीले आइतबार दिउँसो पीडित बालिकालाई फकाई बर्दिवासस्थित खहरे खोलाको खोल्सीमा लगेर बलात्कार गरेको आरोप छ। बालिकालाई बालात्कार गर्दै गर्दा स्थानीय बालबालिकाले देखेर ढुंगा हान्दा आरोपी भागेका थिए।
घटनाको दुई दिनपछि मात्र ती बालिकाले अभिभावकलाई घटना बारे भनेपछि अभिभावकले प्रहरीमा उजुरी गरेका थिए। उजुरीको आधारमा आरोपीलाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस !