पूर्वमा चर्चा बटुल्दै ‘प्रेम गीत २’
काठमाडौं : साउन १३ गते रिलिज मिति तोकिएको चलचित्र ‘प्रेम गीत २’ को टोली पूर्वमा छ। पूर्व यात्राका क्रममा शनिबार झापाको बिर्तामोडमा विशेष कार्यक्रम भएको छ। टोलीले विराटनगर, झापाको दमक, बिर्तामोडमा विशेष प्रस्तुति दिएको छ।
सन्तोष सेनको लगानीमा रामशरण पाठक निर्देशित यो चलचित्र साउन १३ गते रिलिज हुँदैछ। चलचित्रमा निर्माता सेनका साथै प्रदीप खड्का, अश्लेषा ठकुरी मुख्य भूमिकामा छन्।
प्रेम र यात्राका विभिन्न आरोह र अवरोहलाई समेट्दै युवायुवतीलाई केन्द्रमा राखेर बनाइएको चलचित्रमा रोमान्चक दृश्य देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस !