युटीएलले भाडा नतिर्दा घर धनी हैरान

युटीएलले भाडा नतिर्दा घर धनी हैरान

बर्दिया : प्राइभेट दूरसञ्चार कम्पनी युटीएल टेलिकम लिमिटेडले लामो समयदेखि टावर राखेको छत र कार्यालय राखिएको कोठाको भाडा नतिरेपछि घर धनी हैरान भएका छन्। दुई बर्षदेखि भाडा नपाएका उनीहरु पटक–पटक कम्पनीसँग भाडा माग्दा समेत आफूले पाउनु पर्ने घर भाडा नपाएपछि समस्यामा परेका हुन्।

सम्झौता गर्दा ख्यालै नगरी गरिहाले अहिले तनाव भएको छ राजापुर नगरपालिका ४ निवासी विष्णुप्रसाद उपाध्याय बताउनु हुन्छ। छतमा ५० क्विन्टलको टावर छ कोठामा व्याट्रीहरु छन् कति बेला के हुने हो केही निश्चित छैन हजुर। उहाँले भन्नुभयो, ‘कति बेला भूइचालो र ठूलो आँधी बेहरी आउने हो भन्ने डर लाग्छ। प्रयोग नभएर राखिएका ब्याट्रीहरु छन् कुनै बेला विष्फोट हुने होकी भनेर निन्द्रा लाग्नै छाड्यो म त हैरान परेँ।’

घरधनीले कम्पनीलाई पटक–पटक फोन गरे तर, फोनै उठ्दैन। दुई वर्षदेखि घरभाडा पाएको पनि छैन उहाँले दुःख पोख्नुभयो। हामीलाई त अन्याय पर्यो हजुर कसरी हुन्छ घरखाली गरिदिनु पर्यो। मासिक ६ हजार रुपैयाँ पाउने गरी सन् २०१० देखि २०२० सम्मको कम्पनीसँग सम्झौता छ। मासिक पाउनु पर्ने भाडा पटक पटक माग्दा पनि नपाएको उहाँको गुनासो छ। कम्पनीले टावर राख्न छत र ब्याट्रीको लागि कोठा भाडामा लिए पनि त्यसको विमा नगरेको उपाध्यायले वताउनु भयो।

घरमा करिब १५ लाख रुपैयाँ बराबरको संरचना कम्पनीले विगारेको उहाँ बताउनु हुन्छ। घर पुरानै संरचनामा पुर्ननिर्माण गरिदिनु पर्छ। उहाँले अगाडी भन्नुभयो घरभाडाको बक्यौता अबिलम्ब चुत्ता गरी छत तथा घर खाली गर्नु पर्ने उहाँको भनाइ छ। स्थानीय सरोकारवाला निकाय टावर राखिएकै सडकबाट टावर हेर्दै हिड्छन् तर मापदण्डका बारेमा कुनै सरकारी अधिकारी कुरा उडाउँदैनन्। यस्ता समस्या धेरै स्थानहरुमा रहेको छ।

दूरसञ्चार कम्पनीको जिल्लामा टेलिफोन सेवा बन्द भइसक्दा समेत सडक मापदण्ड विपरित सडक किनारका घरका छतमा ठड्याईएका गगनचुम्बी टावर नहटाइदा स्थानीय खतरा मोलेरै सडकमा हिड्न बाध्य छन्। एकातिर सडक मापदण्ड विपरित बनेका ग्रामीण वस्तीका बजार अर्कोतिर राज्यको कानुनलाई पनी धज्जी उडाएर खडा गरिएका टावरले स्थानीयको जनजीवन खतरासँग जुध्नु परेको छ।

गुलरिया नगरपालिका वार्ड नम्बर ६ स्थित हरि केसी पनि युटीएल कम्पनीको व्यवहारदेखि दिक्क हुनुहुन्छ। उहाँले पनि दुई वर्षदेखि घरभाडा नपाएको गुनासो छ। कम्पनीलाई पटक–पटक फोन गर्दा पनि उठाउँदैनन हरि केसीले भन्नुभयो। एकपटक फोन उठेको थियो पैसा माग्दा र घर खाली गर्न भन्दा हुन्छ हुन्छ भन्छन् सधै ढाट्छन्।

केसीको घरमा टावर राख्ने छत र कोठा गरी मासिक ९ हजार घरभाडा कम्पनीले लिएको छ। उहाँले थप्नुभयो हामीले पाउनु पर्ने पैसा तुरुन्त युटीएलले दिनु पर्यो अनि घर र छत खाली गर्नु पर्यो। यसरी कति दिन ढाँटेर कम्पनी चलाउने लगानी नभए कारोवार वन्द गरे भैहाल्योनी उहाँको आक्रोश छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.