सुरु भयो मधुश्रावणी

सुरु भयो मधुश्रावणी

जनकपुरधाम : मिथिलाको सामाजिक सांस्कृतिक परम्परामा आधारित मधु श्रावणी पर्व विधिवत् रूपमा मिथिलाञ्चलमा सुरु भएको छ । शुक्रबार पञ्चमी तिथिमा नाग नागिन, शिवपार्वतीको विशेष पूजा गरी नवविवाहित जोडीले मधुमास सुरु गरेका हुन् । १३ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन नवविवाहित महिलाले श्रीमान्को घरबाट पठाइएको साडी, चोलो, चुरा र गरगहना लगाएर शिव, पार्वती तथा नाग नागिनको पूजा गर्ने गर्छन् ।

पर्व अवधिभरि प्रत्येक साँझ नवविवाहित महिला समूह बनाएर साजशृंगार गरी बगैंचामा फूललोढी (फूल टिप्ने) जाने गर्छन् । समूहमा सजिएर निस्कने महिलाको झुण्डले मधुमास सुरु भएको सबैले थाहा पाउँछन् । साँझ टिपिएका फूलहरू अर्को दिनको पूजामा चढाउने चलन छ । साउन महिना वर्षायामको महिना भएकाले यसमा सर्प र जलचरको प्रकोप बढ्छ तसर्थ प्रकृतिको पूजा गर्ने उद्देश्यले यो पर्व मनाउने परम्परा रहिआएको छ ।

पहिलाको समयमा विवाहपछि नवविवाहित जोडीलाई सँगै बस्न र सुमधुर सम्बन्ध बनाई वैवाहिक जीवनलाई अघि बढाउन यो पर्व विशेष अवसर हुने गरेको कवयित्री पुनम झा बताउँछिन् । ‘अहिले त बिहेभन्दा पहिला पनि केटाकेटीले एकअर्कासँग भेट्न पाउने, कुरा गर्न पाउँछन् तर हाम्रो बेलामा यस्तो थिएन’, उनले भनिन् । यो पर्वले नवविवाहित जोडिलाई एकअर्काका बारेमा बुझ्न र रामाइलोका साथ दाम्पत्य जीवन सफल बनाउन उत्साह प्रदान गर्ने उनको भनाइ छ ।

यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, सोनार तथा देव जातिमा मनाइने गरिन्छ । पर्वको प्रत्येक दिन विशेष पूजापाठ गरी महिलाले शिवपार्वतीको कथा सुन्ने गर्छन् र साँझको बेला शृंगार गरी सामूहिक रूपमा फूल टिप्न जाने गर्छन् । प्रतिदिन पूजाका क्रममा नवविवाहित जोडीलाई सुनाइने कथामा प्रेम, दाम्पत्य जीवनको महत्व र एकअर्काको भूमिका र सहकार्यका बारेमा उदाहरण दिने गरिन्छ । प्रकृतिले पनि साउन महिनालाई मनोरम बनाएको र यस बेला मधु श्रावणी पर्व हुँदा अझ बढी मनोरम हुने विश्वास गरिन्छ । यस पर्वको अवधिभर नवविवाहित महिलाले ससुरालीबाट पठाइएको अन्नमात्रै खाने परम्परा रहिआएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.