साउदीका राजा भेटन सुडानका राष्ट्रपति खाडी राष्ट्रको भ्रमणमा

साउदीका राजा भेटन सुडानका राष्ट्रपति खाडी राष्ट्रको भ्रमणमा

सुडान : सुडानका राष्ट्रपति ओमार अल बसिरले आइतबारदेखि खाडीका तीन ओटा देशको भ्रमण सुरु गर्नुहुने भएको छ ।

उहाँले कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरब गरी तीन देशको भ्रमण आइतबारबाट सुरु गर्नुहुने समाचार सुडानका सूचना मन्त्रीले दिनुभयो ।

राष्ट्रपति बसिरले भ्रमणको सुरुवात आइतबार कुवेतबाट गर्नुहुने छ । उहाँ यसलगत्तै युएइ पुग्नुहुने भएको पनि मन्त्रीले जानकारी दिनुभयो ।

ती दुवै देशमा हुने बैठक तथा भेटघाटमा उहाँले खाडी मुलुकहरुमा देखिएको कूटनीतिक सङ्कटका बारेमा पनि छलफल गर्नुहुने भएको छ ।
अरबको समस्याको समाधान खोज्ने प्रयत्न उहाँले गर्नुहुने छ, सुडानका सूचनामन्त्री अहमद बिलाल ओसमानको वक्तव्यमा भनिएको छ ।

सुडानको सरकारी सामाचार संस्था सुनाले जनाएअनुसार राष्ट्रपति अल बसिर सोमबार युएइको भ्रमणमा जानुहुने छ । उहाँको यस अरबको भ्रमणको महत्वपूर्ण भागको रुपमा युएइको भ्रमणलाई लिइएको छ ।

युएइको भ्रमणका क्रममा उहाँले त्यहाँका वरिष्ठ नेताहरुसँग द्विपक्षीय हित र साझा चासोका विषयमा छलफल गर्नुहुने भएको छ ।

समाचार संस्थाले लेखेको छ ‘राष्ट्रपति बसिर तीन दिने भ्रमणका लागि मङ्गलबार साउदी अरब पुग्नुहुने छ, साउदी अरबमा उहाँले राजा शलमान विन अब्दुलाजिज र राजकुमार मोहम्मद विन सलमानलाई भेट्नु हुने कार्यक्रम छ ।रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.