वीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
सिन्धुली: बनेपा-सिन्धुली-बर्दिवास (वीपी) राजमार्गमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय यातायात व्यवस्था विभागको निर्देशनमा साउन १ गते (आज) देखि लागू लागू हुने गरी राति सवारी सञ्चालनमा रोक लगाएको हो।
साउन १ गतेबाट साँझ ६ बजेबाट वीपी राजमार्गमा एम्बुलेन्स बाहेकका कुनैपनि सवारी साधन सञ्न्चालन हुन नदिने निर्णय भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले बताउनुभयो। कार्कीका अनुसार साँझ ६ बजेदेखि विहान ५ बजेसम्म यस राजमार्गमा एम्बुलेन्स र र विशेष अवस्थाका सवारी साधन बाहेक अन्यले रातको समयमा सञ्चालन गर्न रोक लगाइएको छ।
‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलेको निर्देशनमा स्थानीय प्रशासनले मिति जेठ २० र असार २० गते गरेको निर्णय अनुसार जिल्लामा प्रहरी प्रधान कार्यालय कार्य विभाग ट्राफिक निर्देशनालयले सवारी आवागमन रोक्न पत्राचार गरेपछि सिन्धुलीमा भएको सर्वपक्षीय बैठकबाट रात्रिकालीन सवारी सञ्चालन गर्न नदिने निर्णय भएको हो,' उहाँले भन्नुभयो।
जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले पनि साउन १ गतेबाट रात्रिकालीन सवारी सञ्चालन नगर्ने र गर्न नदिने निर्णय हो। उक्त निर्णय अनुसार रात्रिकालीन समयमा सिन्धुलीको भिमान चेक पोष्ट र काभ्रेपलान्चोक जिल्लाको काभ्रेभञ्ज्याङबाट साँझ ६ बजे देखि विहान ५ बजेसम्मकका लागि सवारी साधन रोकिने छन्।
‘सर्वपक्षीय निर्णय अनुसार ट्राफिक प्रहरीलाई कडाइका साथ निर्णय कार्यान्वयन गर्न भनिएको छ,' प्रजिअ कार्कीले भन्नु भयो । यो निर्णय पुष्पलाल लोकमार्गको खुर्कोट-मन्थली खण्ड र मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डमा भने लागु हुने छैन।
प्रतिक्रिया दिनुहोस !