नेपालकै प्रसिद्ध सिद्धेश्वर शिबालयमा साउने मेला सुरु

नेपालकै प्रसिद्ध सिद्धेश्वर शिबालयमा साउने मेला सुरु

सन्धिखर्क : अर्घाखाँचीमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसीमा सोमबारदेखि एक महिना धार्मिक साउने मेला सुरु भएको छ । धार्मिक मेलामा हजारौ भत्तक्तजनहरुको उपस्थिति रहने छ ।

आजदेखि सुरु भएको साउने मेलाको सुरुको दिन बिहान चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्र सिबालय मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सनिधखर्क बजारका बिभिन्न भाग परिक्रमा गर्दै सन्धिखर्कमा रहेको शिबालय मन्दिरमा पुगेको थियो । कलश यात्रा सहित भजन तथा नाचगान समेत गरिएको थियो ।

त्यस मन्दिरमा रहेको धधारोमा बिभिन्न तीर्थहरुको जल रहेको हुनाले त्यसबाट जल लगि बोल बम भन्दै बजारका बिभिन्न भाग परिक्रमा गरि सिद्धेश्वर सिबालय मन्दिरमा रहेको स्फटिकको शिबलिंगमा अर्पण गरिएको मन्दिरका संरक्षक नारायण खनालले बताउनु भयो ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिबालय मन्दिरमा स्फटिकको शिबलिंग राखि दैनिक बैदिक बिधि पुर्बक पुजाआजा गरिदै आएको छ । स्फटिकको शिबलिंग भएको शिब मन्दिर नेपालकै इतिहासमा पहिलो भएको मन्दिर व्यजस्थापन समितिका दुर्गा श्रेठले बताउनु भयो।

साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर बैदिक पुजाआजाका साथ जलापर्ण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिबालय मन्दिरका पुजारी भेसराज चुदालीले जानकारी दिनु भयो। सिद्धेश्वरको प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पुर्‍याउने छ ।

अर्घाखाँचीको सन्धिखर्क चुत्राबेसीमा रहेको सिद्धेश्वर मन्दिरबाट निकालिएको बोलबम कलश यात्रा । कलशयात्राले सन्धिखर्क र चुत्राबेसी बजारका बिभिन्न स्थानको परिक्रमा गरेको थियो ।
तस्बिर :प्रेमनारायण आचार्य

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.