बहुमूल्य जडीबुटी सतुवाको संरक्षणमा जुटे स्थानीय

बहुमूल्य जडीबुटी सतुवाको संरक्षणमा जुटे स्थानीय

फिदिम : बहुमूल्य जडीबुटी सतुवा लोप हुने अवस्था आएपछि फालेलुङको माङ्लेबुङका स्थानीय संरक्षणमा जुटेका छन् । स्थानीय थामचुली सामुदायिक बनमा केही वर्ष अघिसम्म प्रसस्त मात्रामा पाइने सतुवा अनियन्त्रित रूपमा चोरी निकासी बढेर लोप हुने स्थितिमा पुगेपछि बनका उपभोक्ता संरक्षणका लागि जुटेका हुन् ।

‘सात वर्ष पहिलेसम्म जंगलमा प्रसस्त सतुवा पाइन्थ्यो', थामचुली सामुदायिक बनका अध्यक्ष वीरविक्रम थाम्सुहाङले भने, ‘सतुवा बहुमूल्य जडीबुटी हो भनेर चिनिएपछि यो जंगलबाट लोप हुने स्थितिमा पुगेको छ ।' सतुवा लोप हुने स्थितिमा पुगेपछि उपभोक्ता समितिले सतुवाको बिउ खरिद गरी जंगलमा नयाँ बिरुवा रोप्ने तयारी गरेको हो । सामुदायिक वन उपभोत्ता महासंघ पाँचथरको आर्थिक सहयोगमा वन उपभोक्ता समितिका उपभोक्ता सतुवाको संरक्षण र खेती विस्तारमा लागेका हुन् । यो वर्ष सतुवाको एक किलो बिउ खरिद गरी बिरुवा उमार्न लागिएको बताइएको छ ।

दुई फुटसम्म अग्लो हुने सतुवाको काण्ड एक वर्षीय हो भने जमिनमुनि फल्ने गानो बहुवर्षीय हो । अदुवा आकारमा जमिनमुनि फलेको सतुवाको गानो नै बहुमूल्य औषधिका रूपमा खरिदबिक्री हुने गरेको छ । सतुवाको गानो जंगली जनावर बदेल र दुम्सिले पनि खोजीखोजी खाने र सतुवा धेरै रोग निको पार्ने औषधिका रूपमा चिनिएपछि मान्छेले सतुवा चोरी गर्न थालेको थाम्सुहाङले बताए । वन्यजन्तुले खाने र अनियन्त्रित रूपमा चोरी निकासी हुन थालेपछि बनबाट सतुवा लोप हुने स्थिति बनेको स्थानीय बताउँछन् ।

वनस्पति विभागले मुलुकको आर्थिक विकासको प्राथमिकतामा राखेको ३३ वटा बहुमूल्य जडीबुटीमध्य सतुवा पनि हो । वनस्पति विद्का अनुसार नेपालको समशीतोष्ण हावापानी भएको १५ सयदेखि ३५ सय मिटरसम्मको उचाइमा सतुवा पाइन्छ ।

नेपालका भोजपुर, संखुवासभा, दाङ र पाँचथरका जंगलमा पाइने सतुवा चीन निर्यात हुने गरेको छ ।

नेपालका भोजपुर, संखुवासभा, दाङ र पाँचथरका जंगलमा पाइने सतुवा चीन निर्यात हुने गरेको छ । चीनले स्वाइफ्लुको औषधिका रूपमा सतुवा प्रयोग गरेपछि नेपालको जंगलमा पाइने यसको चोरीनिकासी ह्वातै बढेको हो । चीनले शारीरिक तौल र उचाइ बढाउने औषधिका रूपमा पनि सतुवाको प्रयोग गर्दै आएको छ । पछिल्लो समय नेपालका विभिन्न क्षेत्र हुँदै चीनको गोन्जाओ र हङकङलगायत सहरमा सतुवा उल्लेख्य मात्रामा पुग्ने गरेको बताइन्छ ।

सतुवालाई क्यान्सरको औषधि, रोग प्रतिरोधात्मक क्षमता बढाउने हेल्थ टनिकका रूपमा लिने गरिन्छ । स्थानीय मानिसले अदुवाको आकारमा फल्ने सतुवाको गानोलाई ठूलो औषधिका रूपमा प्रयोग गर्छन् । मेमेङ ३ का स्थानीय पुष्पलाल दाहालका अनुसार सतुवाले धेरै किसिमका विरामी निको पार्छ । स्थानीय मान्छेले पेट दुखेको, पखाला चल्दा, बान्ता हुँदा र परम्परागत रूपमा पेटको जुका मार्न र कीरा मार्नका लागि बच्चालाई खुवाउने गरेका छन् । यस्तै काटिएको घाउ, आन्द्रा निस्कने (अल्काइन हुने) अपच हुने, कमजोरी र रिंगटा लाग्ने बिरामीका लागि पनि सतुवा उपयोगी हुनेछ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.