'निगमको जग्गा खरिद प्रक्रियाबारे अनुसन्धान जारी'

'निगमको जग्गा खरिद प्रक्रियाबारे अनुसन्धान जारी'

विराटनगर : आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमद्वारा जग्गा खरिद गरिएको प्रकरणका सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको बताउँदै दोषी ठहरिएमा कारबाही गरिने दृढता व्यक्त गरेका छन्।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले आयल निगमबारे संसदीय सार्वजनिक लेखा समिति, अर्थ समितिलगायत सरोकार भएका समितिले पनि छानबिन गरिरहेको उल्लेख गर्दै थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिएको जानकारी दिए।

दशैँंतिहारका लागि सहज, सुलभ र सस्तो मूल्यमा आवश्यक खाद्यान्नलगायत सामग्री उपलब्ध गराउन सरकार क्रियाशील भएर लागेको र मूल्य नियन्त्रण गर्न प्रभावकारी अनुगमन गरिने स्पष्ट पारे। चीनसँग गरिएको पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी सम्झौताका सन्दर्भमा उनले कुनै एक राष्ट्रमाथिको निर्भरता अन्त्य गर्नुपर्ने बताउँदै जुन देशबाट बढी फाइदा हुन्छ त्यहीँबाट आपूर्ति गरिने बताए।

यसअघि विराटनगर विमानस्थलमा ठूलो संख्यामा उपस्थित नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मन्त्री मण्डललाई २५ किलोको माला पहि¥याएर स्वागत गरेका थिए। पार्टीका तर्फबाट मोरङबाट अहिलेसम्ममा उनी मन्त्रिमण्डलमा स्थान पाउने पहिलो व्यक्ति भएको पार्टी कार्यालय सचिव मुक्ति शर्माले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.