उपमहानगर भएपछि बढ्यो कर

उपमहानगर भएपछि बढ्यो कर

तुलसीपुर ः तुलसीपुर उपमहानगरपालिकाको बुधवारदेखि तुलसीपुरमा सुरु भएको पहिलो नगरसभा तथा अधिबेशनमा नगरप्रमुख घनश्याम पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दाङमा मोनोरेर सञ्चालन गर्ने, दाङलाई प्रादेशिक राजधानी बनाउने योजना देखि एक नागरिक एक बैक खाताको समेत नीति र योजना अघि सारेका छन् । छ ।

७४ वटा बुँदामा समावेस गरिएको नीति तथा कार्यक्रममा आधुनिक बस टर्मिनल, अटो भिलेज, ट्रेड टावर, तुलसीपुर-घोराही मोनोरेल, व्यावसायिक कृषि तथा पशुपालन, पर्यटकीय स्थल र होटल, नगर यातायात, जनस्वास्थ्य, सार्वजनिक शिक्षा र तुलसीपुर एयरपोर्टमा नियमित उडान तथा प्रादेशीक राजधानीको सम्मका कार्यक्रमहरु प्रस्तुत भएका छन । सभामा आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रममा छलफल समेत सुरु भएको छ । नयाँ संरचना अनुसार सुरु भएको सभाले संसदको झल्को दिएको छ । ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’को नारा दिएर तुलसीपुरलाई समृद्ध सहरको रुपमा विकास गर्ने योजना नीति तथा कार्यक्रम समावेस गरिएको छ ।

त्यसै गरेर उपमहानगरलाई समेटने चक्रपथ निर्माण पनि प्राथामिकतामा परेको छन । प्रस्तुत कार्यक्रममा सञ्चार क्षेत्रको व्यवस्थापन र सञ्चार कोषको समेत व्यवस्था हुने उल्लेख छ । त्यसै गरेर नगरलाई सफा राख्न फोहोरमैला प्रशोधन केन्द्र, ल्याण्डफिल साइड, आर्थिक पारदर्शीता तथा संस्कृत विश्व विद्यालयलाई अध्ययन केन्द्रको रुपमा विकास गर्ने जस्ता कार्यक्रमहरु अघि सारिएको छ ।

त्यसै गरेर तुलसीपुर उपमहानगरपालिकाका जनताहरुका लागि छिटो, छरितो, सुलभ तथा झन्झटमुक्त सेवा प्रवाह गर्नका लागि कार्य जिम्मेवारीका आधारमा नयाँ संरचना तयार गरिने , शासन सञ्चालनमा संलग्न व्यक्तिहरुको जिम्मेवारी वहन, पारदर्शिता, जवाफदेहीता, असल आचरण र उच्च नैतिकता प्रदर्शनका लागि जोड दिइने । कुनै प्रकारको भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता ९श्भचय त्यभिचबलअभ० अपनाइने र उपमहानगरपालिकामा 'इ गभर्नेन्स' नीति अबलम्वन गरिनेछ । प्रत्येक ३ महिनामा नीति तथा कार्यक्रममा उल्लेख भएका कुराहरुको समिक्षा समेत गरेर काम कारवाही लाई प्रभावकारी बनाईने नीति उपमहानगरले दिएको प्रमुख पाण्डेले बताए ।

सञ्चारमैत्री उपमहानगरपालिकाका रुपमा तुलसीपुर उपमहानगरपालिकालाई विकसीत गर्नुका साथै सञ्चार माध्यमहरुलाई अनुदान दिने सम्मका कुरालाई समेटिएको छ । कार्यपालिकाका सदस्यहरुले सर्वसम्मतले नीति तथा कार्यक्रम पारित गरेको छन् । नीति तथा कार्यक्रम पािरत सँगै नगरसभा वजेट निर्माणमा अगाडि वढ्नेछ । उपमेयर माया आचार्यको अध्यक्षतमा कार्यक्रम भएको थियो । वैठकले आर्थिक प्रतिवेदन समेत पारित गरिएको छ । बढिमा १५ दिन सम्म चल्लले नगर सभाले प्रस्तुत भएका नीति तथा कार्यक्रमका बुँदामा दफावार छलफल गर्ने छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.