नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रम अस्पतालमा
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
बुधबार बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उनले त्यहाँ उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीका बरिष्ठ सञ्चार बिज्ञ गोविन्द परियाले जानकारी दिए।
सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए। नेता निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा राहुल पाठकले जानकारी दिए।
नेता निधिको बुधबार बिहान सफलतापूर्वक इण्डोस्कोपी गरिएको पत्रकार रामजी दाहालले जानकारी दिए। चिकित्सकले नेता निधिलाई केही दिन आराम गर्न सल्लाह दिएका छन्। रासस